
लण्डन । युरोपेली केन्द्रीय बैंकले मुद्रास्फितिलाई सम्बोधन गर्न दशौँपटक ब्याजदर बढाएको छ ।
बैँकले वाणिज्य बैँकहरूको निक्षेप दर ३.७५ प्रतिशतबाट ४ प्रतिशत पुर्याएको छ । तथापि यो दर बेलायतको ब्याज दरभन्दा कम्ती नै छ ।
यो सन् १९९९ मा युरोपियन युनियनको स्थापना भएयताकै सबैभन्दा उच्च दर रहेको बताइएको छ ।
बैंकहरूलाई कर्जा प्रदान गर्ने सीमान्त कर्जा सुविधा पनि एक चौथाई अंकले बढेर ४.७५ प्रतिशत पुगेको छ ।
युरोपमा अहिले मुद्रास्फितिको दर ५ प्रतिशत रहेको बताइएको छ ।
युरोपियन केन्द्रीय बैँकले ब्याजदर बढाएपछि बेलायतमा पनि केन्द्रीय बैँकले आउने साता ब्याजदर बढाउने सम्भावना बढेको छ । बेलायतमा पनि केन्द्रीय बैँकले १४ पटक ब्याजदर बढाइसकेको छ ।
बढ्दो मुद्रास्फितिलाई रोक्न केन्द्रीय बैँकले ब्याजदर बढाइरहे पनि अपेक्षित दरमा मुद्रास्फिति घट्न सकेको छैन ।
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित