
त्रिपोली । इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन सुरु भएको छ । इटालीको रोममा दुवै देशका विदेशमन्त्रीबीच हालै भएको भेटवार्तालाई लिएर विरोध प्रदर्शन भएको हो ।
लिबियाका प्रधानमन्त्रीले आफ्ना विदेशमन्त्रीलाई इजरायली समकक्षीसँग भेट गरेपछि निलम्बन गर्नुभएको छ ।
प्यालेस्टिनको समर्थक लिबियाले इजरायललाई मान्यता दिएको छैन । लिबिया र इजरालका विदेशमन्त्रीको भेटलाई लिएर बहुसङ्ख्यक अरब देशमा पनि विरोध प्रदर्शन भएका छन् ।
इजरायली विदेशमन्त्री एली कोहेनले निलम्बनमा परेका लिबियाका विदेशमन्त्रीसँगको बैठकलाई ऐतिहासिक भन्दै त्यसलाई त्रिपोलीसँग सम्बन्ध स्थापना गर्ने पहिलो कदम भएको बताउनुभएको छ । पछिल्लो समय इजरायलले आफूलाई आधिकारिक रूपमा मान्यता नदिने अरब र मुस्लिम बहुल देशसँग घनिष्ठ सम्बन्ध कायम गर्ने प्रयासलाई जारी राखेको छ ।
यद्यपि लिबियाका तीन प्रान्तको प्रतिनिधित्व गर्ने राष्ट्रपतीय परिषद्ले इजरायलसँगको सम्बन्धलाई सामान्य बनाउनु गैरकानुनी भएको बताएको छ ।
संसद्मा सभामुखको कार्यालयले निलम्बित विदेशमन्त्री नजला मङगौसलाई महादेशद्रोहको आरोप लगाएको छ र प्रधानमन्त्री अब्दुल हमिद दबेबाले उनीमाथि अनुसन्धानको आदेश दिनुभएको छ ।
पूर्वनिर्धारित योजनाअनुसार रोम शिखर बैठकका क्रममा लिबियाका विदेशमन्त्रीसँग आफ्नो देशका विदेशमन्त्रीले भेटवार्ता गरेका इजरायलका एक जना मन्त्रीले गरेका छन् । लिबियाको विदेश मन्त्रालयले चित्रण गरेजस्तो त्यो बैठक अपर्झट आयोजना गरिएको नगरिएको उनले स्पष्ट गरेका छन् । उक्त भेटमा इजरायल र लिबियाबीच सम्बन्ध स्थापना गर्ने तथा लिबियामा रहेका यहुदीको सुरक्षा तथा हित प्रवर्धनमा बैठक केन्द्रित रहेको उनले स्पष्ट गरेका छन् ।
यसैबीच, इजरायलको विदेश मन्त्रालयले उक्त भेटवार्ताको खबर सार्वजनिक नगरेको दाबी गरेको छ । विदेश मन्त्रालयलाई हवाला दिँदै प्रकाशन भएका समाचारप्रति उक्त मन्त्रालयले खेद व्यक्त गर्दै द्विपक्षीय भेटवार्तासम्बन्धी सूचना नचुहाएको दोहोर्याएको छ ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा