
अमेरिकास्थित नेपाली राजदुताबास । फाइल फोटो
वाशिङ्गटन डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले ट्रिनिडाड एण्ड टोवागो देशमा अलपत्र तीन नेपाली महिलाको उद्धार गरेको छ । विगत एक महिनाभन्दा बढी समयदेखि अलपत्र सेरसाङ्ग तामाङ्ग, तीर्था लामा वाइवा र याङ्गेन शेर्पालाई त्यहाँको सरकारसँग समन्वय गरी उद्धार गरिएको डिसीस्थित दूतावासले जनाएको छ ।
उनीहरु बिहीबार र शनिबार काठमाडौँ पुग्ने दूतावासले जानकारी दिएको छ । दुईतर्फी हवाई टिकट लिएर ट्रिनिडाड पुगेका उनीहरुले त्यहाँ पुगेपछि फिर्ता टिकट रद्ध गरेका थिए । त्यसले उनीहरुको अध्यागमनमा कठिनाई उत्पन्न भएको थियो ।
ट्रिनिडाड एण्ड टोवागो सरकार र त्यहाँ रहेका नेपालीले उनीहरुलाई उद्धारमा सहयोग गरेका थिए । अमेरिकास्थित नेपाली दूतावासले पर्यटक भिसामा क्यारिवियन देशमा यात्रा गर्दा उनीहरुले भिसा आवेदनका साथ फारम भर्दा अपनाएको पर्यटक भिसा र अन्य भिसाका लागि आवश्यक प्रक्रिया पूरा गर्न समेत अपिल गरेको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]