
अमेरिकास्थित नेपाली राजदुताबास । फाइल फोटो
वाशिङ्गटन डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले ट्रिनिडाड एण्ड टोवागो देशमा अलपत्र तीन नेपाली महिलाको उद्धार गरेको छ । विगत एक महिनाभन्दा बढी समयदेखि अलपत्र सेरसाङ्ग तामाङ्ग, तीर्था लामा वाइवा र याङ्गेन शेर्पालाई त्यहाँको सरकारसँग समन्वय गरी उद्धार गरिएको डिसीस्थित दूतावासले जनाएको छ ।
उनीहरु बिहीबार र शनिबार काठमाडौँ पुग्ने दूतावासले जानकारी दिएको छ । दुईतर्फी हवाई टिकट लिएर ट्रिनिडाड पुगेका उनीहरुले त्यहाँ पुगेपछि फिर्ता टिकट रद्ध गरेका थिए । त्यसले उनीहरुको अध्यागमनमा कठिनाई उत्पन्न भएको थियो ।
ट्रिनिडाड एण्ड टोवागो सरकार र त्यहाँ रहेका नेपालीले उनीहरुलाई उद्धारमा सहयोग गरेका थिए । अमेरिकास्थित नेपाली दूतावासले पर्यटक भिसामा क्यारिवियन देशमा यात्रा गर्दा उनीहरुले भिसा आवेदनका साथ फारम भर्दा अपनाएको पर्यटक भिसा र अन्य भिसाका लागि आवश्यक प्रक्रिया पूरा गर्न समेत अपिल गरेको छ ।
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त