
लण्डन । बेलायतको क्याम्बर्लेमा नेपाली व्यवसायीहरूको लगानीमा स्थापित सुपरस्टोर र कफीसपको शुभारम्भ भएको छ ।
प्रिन्सेस वे हाइस्ट्रीटमा अवस्थित दुई व्यवसायको सरेहिथ बरो काउन्सिलका मेयर प्याट टेडरले आइतबार रिबन काटी शुरुवात गर्नुभयो ।
‘एभरेष्ट वर्ल्ड फुडस’ नाम गरेको सुपरस्टोर र ‘एभरेष्ट स्पेशियालिटी क्याफे’ नाम दिइएको कफीसप बेलायतका व्यवसायीहरु एबी गुरुङ, सूर्य गुरुङ, लक्ष्मण तामाङ र नारायण केसी निर्देशक रहेको एभरेष्ट क्यास एण्ड क्यारी समूहले सन्चालनमा ल्याएको हो ।
सुपरस्टोरमा नेपालीका साथसाथै चिनियाँ, भारतीय, कोरियन लगायत विभिन्न किसिमका खाद्यवस्तु उपलब्ध हुनेछन् भने क्याफेमा कफी, चिया, बबल टी, स्याण्डबीच र वेकरीका खानेकुरा पाइनेछन् । क्याफे स्थापना गर्न र कर्मचारीहरूलाई तालिम दिनमा युके लाटे च्याम्पियन धन तामाङको भूमिका रहेको बताइएको छ ।
एभरेष्ट क्यास एण्ड क्यारी समूहले बेलायतका विभिन्न ग्रोसरीहरूमा थोक मूल्यमा सामग्री उपलब्ध गराउनुका साथै केही खुद्रा ग्रोसरी पसलहरू पनि सन्चालन गर्दै आएको छ ।

अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा