
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउनुभएको छ ।
आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री थापाको पक्षमा ४७ मत र विपक्षमा ३० मत परेको छ । बैठकमा १६ प्रदेशसभा सदस्य अनुपस्थित रहनुभएको थियो ।
संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आज मुख्यमन्त्री थापाले विश्वासको मत लिनुभएको हो । प्रदेशसभाको अर्को बैठक यही भदौ ६ गते दिनको ३ बजे बस्ने छ ।
दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त थापाले विश्वासको मत लिने बेलामा कोशी प्रदेशको संसदमा नाटक नै मन्चन भएको छ । सभामुख बाबुराम गौतमले पदबाट राजिनामा दिएर मन्त्री बनेपछि सभामुख पद रिक्त छ भने उपसभामुख सिर्जना दनुवार मुख्य मन्त्रीले विश्वासको मत लिने मिति तोकेर स्वास्थ्यमा समस्या आएको भन्दै काठमाडौँ हिँडेकी थिइन् । उनको अनुपस्थितिमा अध्यक्ष मण्डलका सदस्यहरुले बैठकको अध्यक्षता गर्नुपर्ने प्रावधानका कारण बैठकको अध्यक्षता गर्नुपर्नेभएकाले उनीहरूले बिदा लिएका थिए ।
आज बसेको बैठकमा पनि पालैपालो बैठकको अध्यक्षता गरी मत हालिएको छ । यसबारेमा सर्वोच्चमा जाने प्रतिपक्षको भनाइ छ । अघिल्लोपटक सभामुखले हालेको मत बदर गर्ने सर्वोच्चले यसपटक के गर्ने हो हेर्न बाँकी छ ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न