
काठमाडौँ । ‘नइ एकेडेमी अस्ट्रेलिया’ले आसन्न तीजका अवसरमा अष्ट्रेलियाको ग्रानभिलमा सांस्कृतिक कार्यक्रम आयोजना गरी विभिन्न विधाका उत्कृष्ट नारीलाई ‘नइ नारी गौरवी’ पुरस्कार प्रदान गरेको छ ।
‘नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३ अवार्ड’ नाम दिइएको सो पुरस्कार शिक्षा तथा समाजसेवातर्फ जमुना गुरुङ, विज्ञान तथा प्रविधितर्फ डा अर्चना कोइराला तथा कला, संस्कृति र समाजसेवातर्फ नारी निकुञ्ज अस्ट्रेलियालाई प्रदान गरिएको छ ।
पुरस्कारको राशी जनही पाँच सय डलर रहेको छ ।
सो अवसरमा अस्ट्रेलियामा बसोबास गरी विविध क्षेत्रमा उल्लेखनीय योगदान दिने नारीलाई नइ एकेडेमी अस्ट्रेलियाले कदरपत्र प्रदान गरेको थियो । कदरपत्र ग्रहण गर्नेमा श्वेता मैनाली, उषाकिरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, नीना शाही र प्रतिज्ञा अधिकारी रहनुभएको नइ एकेडेमी अस्ट्रेलियाका संस्थापक तथा अध्यक्ष सीमा रोशीले जानकारी दिनुभयो ।
एनआरएनए, अष्ट्रेलियाका पूर्वअध्यक्ष नन्द गुरुङले नेपाली संस्कृति, कला र भाषाको उत्थानका लागि योगदान दिन आफूहरु लागिरहने बताउनुभयो । एनआरएनएका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले एनआरएनए कला संस्कृतिको उत्थानका लागि नइ एकेडेमीजस्ता सङ्घसंस्थासँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।
अष्ट्रेलियाका सांसद डोना डेविसले नइ एकेडेमी अस्ट्रेलियाको सो कार्यको प्रसंशा गर्नुभयो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]