
पेरिस । ट्विटरको प्रतिद्वन्द्वीका रूपमा इन्स्टाग्रामले सुरु गरेको थ्रेड्स एपले पाँच दिनभन्दा कम अवधिमा १० करोडभन्दा बढी प्रयोगकर्ता पाएको छ ।
डेटा ट्र्याकिङ वेबसाइटहरूका अनुसार सबैभन्दा छिटो लोकप्रिय बनेको एप च्याट जिपिटीको कीर्तिमान थ्रेड्सले भङ्ग गरेको छ । च्याट जिपिटीलाई १० करोड प्रयोगकर्ता पुर्याउन दुई महिना र भिडियो एपका रुपमा लोकप्रिय टिकटकलाई नौ महिना लागेको थियो । इन्स्टाग्रामलाई त्यति सङ्ख्या पुर्याउन साढे दुई वर्ष लागेको थियो ।
बुधवार र बिहीबार एक सय देशमा थ्रेडहरू एप्पल र एन्ड्रोइड एप स्टोरहरूमा लाइभ भए भने युरोपमा उपलब्ध नभएकाले यसको प्रयोग हुन सकेन । थ्रेड्सको मूल कम्पनी मेटा युरोपेली सङ्घको तथ्याङ्क कानुन कसरी पालना गर्ने भन्ने निर्णयमा पुगिसकेको छैन ।
ट्वीटरको करिब २० करोड नियमित प्रयोगकर्ता रहेका अनुमान गरिएको छ तर टेस्लाका प्रमुख एलोन मस्कले गत वर्ष प्लेटफर्म किनेका र हजारौं कर्मचारीहरूलाई बर्खास्त गरेपछि यसले बारम्बार प्राविधिक असफलता भोग्दै आएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]