
पेरिस । ट्विटरको प्रतिद्वन्द्वीका रूपमा इन्स्टाग्रामले सुरु गरेको थ्रेड्स एपले पाँच दिनभन्दा कम अवधिमा १० करोडभन्दा बढी प्रयोगकर्ता पाएको छ ।
डेटा ट्र्याकिङ वेबसाइटहरूका अनुसार सबैभन्दा छिटो लोकप्रिय बनेको एप च्याट जिपिटीको कीर्तिमान थ्रेड्सले भङ्ग गरेको छ । च्याट जिपिटीलाई १० करोड प्रयोगकर्ता पुर्याउन दुई महिना र भिडियो एपका रुपमा लोकप्रिय टिकटकलाई नौ महिना लागेको थियो । इन्स्टाग्रामलाई त्यति सङ्ख्या पुर्याउन साढे दुई वर्ष लागेको थियो ।
बुधवार र बिहीबार एक सय देशमा थ्रेडहरू एप्पल र एन्ड्रोइड एप स्टोरहरूमा लाइभ भए भने युरोपमा उपलब्ध नभएकाले यसको प्रयोग हुन सकेन । थ्रेड्सको मूल कम्पनी मेटा युरोपेली सङ्घको तथ्याङ्क कानुन कसरी पालना गर्ने भन्ने निर्णयमा पुगिसकेको छैन ।
ट्वीटरको करिब २० करोड नियमित प्रयोगकर्ता रहेका अनुमान गरिएको छ तर टेस्लाका प्रमुख एलोन मस्कले गत वर्ष प्लेटफर्म किनेका र हजारौं कर्मचारीहरूलाई बर्खास्त गरेपछि यसले बारम्बार प्राविधिक असफलता भोग्दै आएको छ ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक