लण्डन । प्रधानमन्त्री छँदा संसदलाई ढाँटेको अभियोगमा संसदीय समितिबाट छानबिन भइरहेको अवस्थामा बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोन्सनले शुक्रबार अचानक सांसद पदबाट राजिनामा दिएका छन् ।
करिब १ हजार शब्द लामो राजिनामा पत्रमा उनले संसदको प्रिभिलेज्ड कमिटीमाथि आफूलाई संसदबाट हटाउन लागि परेको गम्भीर आरोप लगाएका छन् । उनले सो समितिलाई एक पक्षीय अदालत (कंगारु कोर्ट) को संज्ञा दिएका छन् ।
सो समितिको संयोजकमा प्रतिपक्षी लेबर पार्टीकी ह्यारियट हरम्यान भए पनि बहुमत सदस्यहरु भने सत्तारुढ दल कन्जरभेटिभका छन् ।
समितिले अन्तिम प्रतिवेदन सार्वजनिक गरिसकेको छैन तर जोन्सनले प्रतिवेदनको प्रति हेरेपछि राजिनामा दिएको बुझिएको छ ।
जोन्सनमाथि कोरोना महामारीका बेला बेलायती संसदलाई ढाँटेको गम्भीर आरोप लागेको थियो र समितिले यसबारेमा छानविन गरेको हो ।
कोरोना महामारीमा बेलायत सरकारको कदमलाई लिएर अलग्गै छानविन समिति पनि गठन भएको छ र सो समितिले काम अगाडि बढाइरहेको छ ।
बेलायतका सत्तारुढ कन्जरभेटिभ पार्टीभित्र राम्रै प्रभाव राख्ने पूर्व प्रधानमन्त्री जोन्सनको राजिनामा घोषणाले पार्टी र बेलायती राजनीतिमा तरंग ल्याएको छ ।
अब उनको निर्वाचन क्षेत्रमा चाँडै उपनिर्वाचन हुनेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन