
लन्डन । बेलायतमा पढ्न आएको केही निधन भएकी २१ वर्षीया सदीक्षा तामाङको अन्त्येष्टी तथा परिवारका लागि बेलायतबासी नेपालीहरुले सहयोग संकलन गरेका छन् ।
सदीक्षाको परिवारबाट अन्त्येष्टीमा सघाउन अनुरोध भए लगत्तै एनआरएनए यूकेले सहयोगका लागि आव्हान गरेको थियो ।
एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले १० मेबाट सदीक्षाका लागि शुरु गरिएको सहयोग अभियानमा स्वतस्फूर्त रुपमा १७८ व्यक्ति र ७ संस्थाले कुल ९ हजार १४२ पाउण्ड ३६ पेन्स (करिब १५ लाख रुपैयां) प्रदान गरेको जानकारी दिए ।
तामाङ समाज यूकेले १ हजार ६०९ पाउन्ड, गोर्खा नेपलिज वेलफेयर सोसाइटी यूकेले १ हजार १६२ पाउन्ड, ब्रिटिश गोर्खा एन्ड नेपलिज क्याट्रिक कम्युनिटीबाट ७१८पाउण्ड ९९ पेन्स, गोर्खा अभियन्ता पिटर गुरिङले ३१९ पाउन्ड, सृजनशील नेपाली समाज युके २२० पाउन्ड, छेत्री समाज यूकेले १०१, किरात सुनुवार वेलफेयर सोसाइटी यूकेले १०० पाउन्ड प्रदान गरेका छन् ।
पार्वती गुरुङ (माइला), माया गुरुङ (कान्छा), अर्चना गुरुङ र अन्यले २१ मेको विशेष महाधिवेशनमा २६५ पाउन्ड दिएका थिए ।
संकलित रकम परिवारलाई बेलायतमै सहयोग हस्तान्तरण गरिने पनि गाहामगरले बताए । अध्यक्ष गाहामगरले सहयोगदाता सबैप्रति आभार समेत व्यक्त गरेका छन् ।
सदीक्षाको शव नेपाल लगेर धार्मिक परम्परा अनुसार अन्त्येष्टी गर्ने परिवारको चाहना थियो । तर उनमा भएको भाइरसका कारण अस्पतालले अन्तर्राष्ट्रिय उडानमा शव लैजान नमिल्ने बताएपछि अन्त्येष्टी बेलायतमै गर्न लागिएको छ । आउंदो ७ जुलाईमा अल्डरसट पार्क क्रिमेटोरिएममा फ्यूनरल सर्भिसको कार्यक्रम तय भएको हो ।
तामाङ सोसाइटी अफ यूकेका अध्यक्ष ज्ञान तामाङ र महासचिव मणि तामाङले अन्त्येष्टीमा संयोजन गरिरहेका छन् ।
निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै सदीक्षाको गत १० मेमा निधन भएको थियो । सदिच्छा गत २६ डिसेम्बर २०२२ मा मात्र बेलायत आएकी थिइन् ।
ऋृण जोरजाम गरी खर्चेर पढ्न बेलायत आएकी सदीक्षाले अकालमै ज्यान गुमाउनु परेपछि न्यून आयस्तर भएको उनको परिवार थप प्रताडित छ ।
वि सं २०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदीक्षाका बाबु कृष्णकुमार थोकर लामा गुरु र शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन