
उडिशा । उडिशा राज्यको बालासोरमा द्रुत गतिमा हुँइकिएका तीन वटा रेल एक आपसमा ठोक्किएर शुक्रबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई सय ६१ पुगेको छभने नौ सय जनाभन्दा बढी यात्री घाइते भएका छन् ।
दक्षिणपूर्वी रेलवेका अनुसार घाइते यात्रुहरूलाई राज्यको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोका अस्पताल भर्ना गरिएको छ । दुर्घटनास्थलमा उद्धार कार्य पूरा भएको र पुनःस्थापनाका काम जारी छन् ।
शुक्रबार बिहान सात बजे बालासोर जिल्लाको बहानागा बजार स्टेशनमा बेङ्गलुरु–हावडा सुपरफास्ट एक्सप्रेस, कोरोमण्डल एक्सप्रेस र मालवाहक रेल ठोक्किएका थिए । दुर्घटनामा यात्रुवाहक दुई वटा रेलका १७ वटा डिब्बा पटरीबाट बाहिर धेरै पर पुगेका छन्, गम्भीर रूपमा क्षतिग्रस्त भएका डिब्बाबाट त्यहाँ फसेका सबैलाई उद्धार गरिएको छ ।
केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव आफैँ पुनःस्थापनाको निरीक्षणमा हुनुहुन्छ । रेलवे बोर्डका अध्यक्ष, स्वास्थ्य सेवा विभागका महानिर्देशक घाइते यात्रुहरूको उपचारको निगरानी गरिरहेका छन्भने अन्य सबै वरिष्ठ सरकारी अधिकारीहरू अस्पतालहरूमा घाइते यात्रुहको हेरचाह एवम् समन्वय गरिरहेका छन् ।
दुर्घटनास्थलमा औषधिसहित प्यारामेडिकल स्टाफसहित सयभन्दा बढी चिकित्सक टोलीलाई परिचालन गरिएको छ । घाइतेहरूलाई सोरो, बालासोर, भद्रक र कटकका अस्पतालहरूमा लैजान दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको छ ।
उडिशा सरकारले दुर्घटनाका कारण अलपत्र परेका उडिशा र पश्चिम बङ्गालका यात्रुहरूलाई उनीहरूको गन्तव्यसम्म निःशुल्क यातायात सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । त्यसका निम्ति दुर्घटनास्थल नजिक ३० वटा बस तयारी अवस्थामा राखिएको छ । घाईतेहरुलाई प्रदेशका सरकारी तथा निजी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ ।
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान