
लण्डन । बेलायतमा गत वर्ष आकाशिएको ग्याँस र बिजुलीको मूल्य अन्तत घट्ने भएको छ ।
बेलायतको उर्जासम्बन्धी नियामक निकाय अफजेमले विहीबार गरेको घोषणा अनुसार जुलाईदेखि सामान्य घरायसी प्रयोगको ग्याँस तथा बिजुलीको मूल्य वार्षकि २ हजार ७४ पाउण्डरहेको छ ।
तीन महिनाअघि सो मूल्य ३ हजार २८० पाउण्ड तोकिएको थियो तर त्यसमा सरकारले हस्तक्षेप गरी २ हजार ५०० पाउण्ड कायम गरेको थियो ।
नयाँ मूल्यअनुसार उपभोक्ताहरूले प्रतिमहिना गत वर्षको दाँजोमा ४२६ पाउण्ड कम तिर्नेछन् ।
अफजेमले तय गरेको मूल्य उर्जा उपलब्ध गराउने कम्पनीहरूले ग्राहकहरूलाई लगाउन सक्ने अधिकतम मूल्य हो । अफजेमले प्रतिकिलोवाट प्रतिघण्टा बिजुलीका लागि ३० पेन्स र प्रतिकिलोवाट प्रतिघण्टा ग्याँसका लागि ८ पेन्स मूल्य तोकेको छ । यसअघि सो दर क्रमश ५१ पेन्स र १३ पेन्स रहेको थियो ।
नयाँ मूल्यले उपभोक्तालाई केही राहत दिए पनि सन् २०२१ को तुलनामा अझै उर्जाको मूल्य ६० प्रतिशत उच्च रहेको छ ।
रसियाले युक्रेनमाथि आक्रमण गरेपछि उर्जाको मूल्यमा ज्यामितीय वृद्धि भएको थियो । अहिले उर्जाको होलसेल मूल्यमा कटौती भएपछि अफजेमले नयाँ मूल्य सार्वजनिक गरेको हो ।
अफजेमले सन् २०१८ देखि उर्जाको मूल्य तोक्ने गरेको छ र हरेक तीन/ तीन महिनामा थोक मूल्यमा आउने उतारचढाव हेरी मूल्य निर्धारण गर्ने गरेको छ । गत वर्ष उर्जाको मूल्य उच्च हुँदा अफजेमले उपभोक्ताको पक्षमा निर्णय नगरेको आरोप पनि लागेको थियो ।
बेलायत सरकारले उर्जाको मूल्य उच्च भएपछि गत वर्षको अक्टोबरबाट राज्यकोषबाट सहुलियत उपलब्ध गराउँदै आएको छ । जसबाट सरकारलाई २९.४ बिलियन पाउण्ड भार परेको बताएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन