
लण्डन । गोरखा सैनिकहरुलाई आकर्षक प्रतिफलको आशा देखाएर लगानी गर्न लगाउने नक्कली व्यापारिक योजनाका योजनाकारलाई बेलायतको अदालतले दोषी ठहर गरेको छ ।
क्यापिटल वर्ल्ड मार्केट्सका सन्चालक ४१ वर्षीय एन्थोनी कोस्टानटिनुलाई सोमबार बेलायतको सदक क्राउन अदालतमा जुरीले दोषी ठहराएको हो ।
उनले नेपाली मूलका गोरखाहरुसहित विभिन्न लगानी कर्ताहरूबाट ७० मिलियन पाउण्ड उठाएका थिए । उनलाई ठगीलगायतका सात वटा अभियोगहरूमा दोषी ठहराइएको छ ।
उनले गोरखा सैनिकहरूलाई मासिक पाँच प्रतिशत लाभ दिने योजना ल्याएका थिए । तर उनको कार्यालयमा सिटी अफ लण्डन प्रहरीले छापा मार्दा ठगी धन्धा गरेको पाइएको थियो ।
शुरुमा अदालतमा भएका सुनुवाइमा कोस्टानटिनु उपस्थित हुने गरे पनि केही समयपछि नै सम्पर्कविहीन भएका थिए । उनको प्रतिनिधित्व उनका वकिलले गर्दै आएका छन् भने उनी विरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरिएको छ ।
उनलाई जुन ९ मा सजायँ तोकिने बताइएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन