
वाशिङ्गटन डिसी । नेपाली भाषा, साहित्यलाई भावी पिँढीमा आकर्षण गराइ प्रवासी भूमिमा अपनत्व भावना सृजना गर्न यस क्षेत्रमा क्रियाशील व्यक्तिहरुले ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
अखिल नेपाल साहित्य समाज मेरिल्यान्ड च्याप्टरको पदस्थापना कार्यक्रम, नयाँ वर्ष २०८० तथा ८०औँ पारिजात स्मृति दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
मेरिल्यान्ड जनरल एसेम्ब्लीका विधायक डा हयारी भण्डारीले भावी पिँढीका लागि उपयोगी हुनेगरी र उनीहरुको रुचिलाई ध्यानमा राखेर साहित्य सृजना गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको कला र संस्कृतिको बहुआयामिक पाटो झल्कने कृतिहरु अनुवाद गरेर विश्व बजारका साथै विदेशी विश्वविद्यालयहरुमा अध्यापनका लागि पहल गरिनुपर्ने बताउनुभयो ।
विधायक भण्डारीले पारिजातको नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माले विदेशी भूमिमा बसेर साहित्य सृजनामा अभ्यस्त व्यक्तित्वहरुबाट गुणात्मक कृतिहरुको विकास र विस्तार हुँदै गएकामा खुसी व्यक्त गर्नुभयो ।
अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले विश्वभरि छरिएर रहेका साहित्यकारहरुले नेपाली भाषाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । कार्यक्रममा साहित्यकार पारिजातको तस्बिरमा माल्यार्पण गरिनाका साथै उहाँको जीवनसँग सम्बन्धित साहित्यकार गोविन्द गिरी प्रेरणाले तयार पार्नुभएको कृति ‘सुश्री पारिजात’माथि अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष तीर्थ पाण्डेयले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक उत्तम गौली, पत्रकार गौतम दाहाल, मधुकर अधिकारी, डा श्याम कार्कीलगायतले नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनु भएको थियो ।
अनेसास मेरिल्यान्ड च्याप्टरका सभापति भरत बराइलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुरु सुवेदी, भीम रेग्मी, पूजा चन्द, विष्णु बराल, सविता अधिकारी, ज्ञानहरि घिमिरे, प्रदीपकुमार श्रेष्ठ, सहदेव कोइराला, राजेन्द्र सेन्चुरी, दीपक मुडभरी, भावना विष्ट, भीम बी शाहीलगायत दर्जनभन्दा बढी कवि तथा कवयित्रीले कविता वाचन गर्नुभएको थियो ।
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा