
काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालले जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री चिङ काङसँग भेटवार्ता गर्नुभएको छ ।
चीनको बेइजिङस्थित विदेश मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच दुई देशबीच लामो समयदेखि चल्दै आएको द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउने, भ्रमण आदान–प्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।
उक्त अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, मन्त्रालयका सहसचिव लोकबहादुर थापा, दुवै देशका परराष्ट्र मन्त्रालय र दूतावासका उच्च अधिकारीहरूको उपस्थिति थियो । परराष्ट्र सचिव पौडेल परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बेइजिङ पुग्नुभएको हो ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान