
काठमाडौँ। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नामुद अर्थशास्त्री डा स्वर्णीम वाग्लेलेले नेपाली काँग्रेस छोडेका छन् ।
वाग्लेले विहीबार सामाजिक सन्जालमा एक सन्देश जारी गर्दै २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको काँग्रेससितको आफ्नो संलग्नता टुङ्ग्याएको घोषणा गरेका छन् ।
सन्देशमा उनले पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेको उल्लेख गरेका छन्। विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुवैले दिएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व महसुस गरेको तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको उनको ठहर छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको तीखो आलोचना पनि उनले गरेका छन्।
अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आवद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने धारणा उनले राखेका छन् । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने उनले जानकारी दिएका छन् ।
विभिन्न अन्तर्राष्ट्रिय निकायमा काम गरिसकेका वाग्ले केही वर्षदेखि नेपाल फर्किएका छन् । उनी गत निर्वाचनमा नेपाली काँग्रेसबाट चुनाव लड्ने आशमा थिए तर उनलाई शेरबहादुर देउवाले टिकट नदिएको आरोप लाग्दै आएको छ । अब वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपचुनाव लड्ने आँकलन गरिएको छ । रास्वपाका महामन्त्री डा मुकुल ढकालले वाग्लेलाई तनहुँ २ बाट उठाउन खोजिएको बताइसकेका छन् ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ