
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले कुँवरलाई आइजिपीमा बढुवा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिनुभयो । यही चैत ६ गतेको निर्णयले उहाँ एआइजीमा बढुवा हुनुभएको थियो । सरकारले उहाँलाई एआइजीको फूली लगाएको दुई दिनमै आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
प्रहरी महानिरीक्षकका लागि कुँवरसहित एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा हुनुहुन्थ्यो । कुँवर अङ्क तालिकामा १ नम्बरमा हुनुहुन्थ्यो । यसपटक भने महानिरीक्षकको नियुक्ति निर्विवाद रूपमा भएको छ ।
हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर हदका कारण अनिवार्य अवकासमा जाँदै हुनुहुन्छ । काम गर्न सक्ने सक्षम, कमाण्ड गर्न सक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले जो कोहीलाई पनि आइजिपी बनाउन सक्ने अवस्था कानूनी आधार छ । अब कुँवरको कार्यकाल आगामी २०८१ चैतसम्मका लागि हुनेछ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ