
न्यूयोर्क । घ्याल्सुम्दो सेवा संस्था अमेरिकाले विभिन्न साँस्कृतिक कार्यक्रमसहित ग्याल्पो ल्होसार मनाएको छ ।
हरेक वर्ष हर्षोल्लासका साथ मनाईने ल्होसार यस वर्ष बाघ वर्गलाई विदाई र नयाँ वर्ष खरायो वर्गलाई स्वागत गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाइएको छ । संस्थाका अध्यक्ष निमा छिरिङ घलेको सभापतित्व र नेपाली महावाणिज्यदुतावास न्यूयोर्कका वाणिज्यदुत गणेशप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।
अध्यक्ष घलेले संस्कार र संस्कृतिको सम्बर्धन र नयाँ पुस्तालाई हस्तान्तरण गर्नको लागि ल्होसार कार्यक्रम गरिएको बताए । वाणिज्यदुत अधिकारीले ल्होसारको शुभकामना दिंदै अमेरिकामा पनि संस्कृतिको जगेर्ना गरेको भन्दै धन्यवाद व्यक्त गरे । कार्यक्रममा स्थानिय तहका निर्वाचित पदाधिकारीहरुको पनि सहभागिता रहेको उक्त कार्यक्रममा न्यूयोर्क राज्यका सांसद स्टिभन रागा र काउन्सिल मेम्बर जुली वानका प्रतिनिधिहरु, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार विष्ट, गैर आवासीय नेपाली संघ अमेरिका, न्यूयोर्क च्याप्टरका अध्यक्ष आङछिरिङ शेर्पा, कलेज पाइन्ट सिभिक एण्ड ट्याक्स्पेयर एसोसियसनका अध्यक्ष नवराज केसी, एनिमल भिलेज हस्पिटलका प्रमुख डा डेनिस् सेराभोलो र संस्थाका धर्मगुरु लामा तेन्जिङ विशेष अतिथिको रुपमा उपस्थित थिए ।
विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको पनि सहभागिता रहेको कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणमा औपचारिक परिचय र शुभकामना आदानप्रदान गरिएकोे थियो । औपचारिक कार्यक्रम संस्थाका महासचिव राजु लामाले संचालन गरेका थिए । संस्थाका विभिन्न कृयाकलापमा जिम्मेवारी लिई विशेष योगदान पुर्याएकोमा सेभ द कल्चरका संयोजक छिरिङ लामा, खेलकुद संयोजक राजु गुरुङ र महिला तथा आमा समूह संयोजक चित्रकुमारी गुरुङलाई सम्मान गरिएको थियो । यस्तै, दोस्रो चरणमा स्थानिय कलाकारहरुले हिमाली भेगमा नाचिने मौलिक तथा विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कलाकारहरुको प्रस्तुतिलाई दर्शकहरुले प्रशंसा गरेका थिए । नेपालका वरिष्ठ नृत्य निर्देशक गोविन्द राईको कोरियोग्राफमा कलाकारहरुले प्रस्तुत गरेको नृत्यलाई दर्शकहरुले खुब मन पराएर पुनः प्रस्तुतिको माग गरेका थिए । त्यस्तै कार्यक्रममा युवा नृत्य निर्देशिका गौरी लामाको कोरियोग्राफीमा साना बालबालिकाहरुले पनि नृत्य प्रस्तुत गरेका थिए ।
करिब तीन सय दर्शकहरुको सहभागिता रहेको ल्होसार कार्यक्रम भब्य र सभ्य उत्कृष्ट रहेको दर्शकहरुले बताए ।
सन् १९९९ देखि संस्थागत रुपमा दर्ता रही विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको घ्याल्सुम्दो सेवा संस्थामा नेपालको मनाङ जिल्लाको तल्लो भेगमा बसोबास गर्ने समुदायहरु आवद्ध रहेका छन् । संस्थामा विशेष गरी दुई गाउँपालिका “चामे” र “नासो” क्षेत्रमा बसोबास गर्ने जनसमुदायहरुलाई घ्याल्सुम्दोबासी भनेर चिनिन्छ । स्थानिय भाषामा “घ्यालम्” भनेको ठूलो बाटो र “सुम्दो” भनेको तीन तिरबाट जोडिएको र समग्रमा तीन तिरबाट जोडिएको ठूलो बाटो भनेर बुझिन्छ । त्यस क्षेत्रका अधिकांस बासिन्दा बौद्ध धर्मालम्वीहरु भएकाले ल्होसार पर्वको ठूलो महत्व रहेको छ । घ्याल्सुम्दो सेवा संस्था अमेरिकामा रहेका नेपाली डायस्पोरामा एक परिचित संस्था हो । घ्याल्सुम्दो सेवा संस्थाले गैरनाफामूलक संस्था डिजिटल ब्रिज फर नेपालसँगको सहकार्यमा मनाङको नासों गाउँपालिक थोन्चे उच्च माध्यमिक विद्यालयमा कम्प्युटर लर्निङ इन्भायरोमन्टल सेन्टर स्थापना गरेको छ । कम्प्युटर लर्निङ इन्भायरोमन्टल सेन्टरले ग्रामिण समुदायमा रहेका विद्यार्थीहरुलाई कम्प्युटर शिक्षामार्फत प्राविधिक दुरी कम गर्नु सहयोग गर्ने उद्देश्य रहेको छ ।


अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]