
बर्लिन। जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको छ । सो घटनामा अरु कैयौँ घाइते भएका प्रहरीले जनाएको छ । बिहीबार राति जर्मनीको ह्याम्बर्गमा रहेको एक चर्चमा गोली चलेको थियो । यहाँको स्थानीय समयानुसार राति ९ बजे यहाँको सो चर्चमा अकस्मात गोली चलेको थियो ।
यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सुरुमा उक्त गोलीकाण्डमा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको जनाएका थिए ।तर पनि अर्का एकजनाको पनि मृत्यु भएको भन्दै यहाँको पत्रिका बिल्डले उक्त गोलीकाण्डमा सात जनाको ज्यान गएको जनाएको हो ।
गोली हान्ने व्यक्तिको बारेमा पहिचान नभएको र प्रहरीले उसको खोजी गरिरहेको जनाएको छ ।उक्त चर्च रहेको क्षेत्रमा ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरेर हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको पनि प्रहरीले जनाएको छ ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक