
पेरिस । फ्रान्सको राजधानी पेरिसस्थित एफिल टावरबाट ‘आमा छोरी: मदर डटर लिभिङ्ग लिगेसी’ नामक नेपाली पुस्तकको विमोचन भएको छ ।
११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर दृष्टिबिहिन लेखिका बुना दाहालको नेतृत्वमा अन्य १२ जना नेपाली महिलाहरुले लेखेको पुस्तक बुधबार एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो ।
फ्रान्सस्थित नेपाली राजदूतावासका राजदुत दीपक अधिकारी, उपनियोग प्रमुख सीता बस्नेतलगायतले सो पुस्तक विमोचन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूतावास अधिकारीले नेपाली छोरीहरुले लेखेका कृति विश्वको आकर्षणको केन्द्र एफिल टावरबाट लोकार्पण गर्न हुनु ऐतिहासिक भएको बताए । दृष्टिबिहिन भएपनि पुस्तक लेखनजस्तो गहन कार्य गर्ने र यसको नेतृत्व लिने दाहालको कर्मप्रति उनले मुक्तकण्ठले प्रशंसा गरे ।
यस्तै उपनियोग प्रमुख बस्नेतले नेपाली नारीहरु अहिले पनि घरेलु हिंसा, बलात्कारजस्ता घटनाको सिकार हुनुपरेको भन्दै व्यवहारिकरुपमा समाजको सोच नबदलिएसम्म महिलाका समस्या समस्यामै सीमित रहने बताइन् ।
‘आमा छोरी : मदर डटर लिभिङ्ग लिगेसी’ नामक पुस्तकको लेखनमा प्रेरणा र नेतृत्व लिने दृष्टिबिहीन लेखिका बुना दाहालले पुस्तक विश्वभरका आमा छोरीको सम्बन्धको प्रतिनिधित्व गरेको बताइन् । उनले आफूले दृष्टि नदेखेपनि एफिल टावर चढेर पुस्तक सार्वजनिक गर्नुको कारण दृष्टिविहीन र महिलाप्रति समाजले गर्ने व्यवहारप्रति सांकेतिक खबरदारी रहेको बताइन्।
अमेरिका, बेलायत र नेपालमा रहेका विभिन्न १२ जना नेपाली लेखिकाहरुले आमा छोरीबीचको सम्बन्ध,आमाले परिवारमा खेल्ने भूमिकालगायतको विषयलाई अनुभवको रुपमा पुस्तकमा उल्लेख गरेका छन् ।
डाइनामिक बुना र ब्लाइन्ड कोर्पस्ले पुस्तकको प्रकाशन गरेको हो । कुल १ सय ९० पृष्ठ रहेको ‘आमा छोरी : मदर डटर लिभिङ्ग लिगेसी’ नामक पुस्तक साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’ले सम्पादन गरेका हुन् ।

अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]