
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल, (जसपा) ले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको कार्यकारिणी सदस्य शिवलाल थापाले जानकारी दिनुभयो ।
रामसहायप्रसाद यादव गएको मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो ।
सत्ता गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति भएको थियो ।
गठबन्धनको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ ।
उपराष्ट्रपतिको चुनाव आउँदो चैत ३ गतेका लागि तय गरिएको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ