
लण्डन । पुरुष एकलतर्फ पूर्व जुनियर विश्व नम्बर वान तथा नेपाल बरियतामा चार नम्बरमा रहेका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल हिमालयन ब्याडमिन्टन क्लब लण्डनको निमन्त्रणामा युके भ्रमणमा आउने भएका छन् ।
विश्व ब्याडमिन्टन जगतमा प्रथम पटक नेपाली ब्याडमिन्टन खेलाडीले जुनियरतर्फ विश्व बरियतामा नम्बर एक भई इतिहास रचेका दाहालको युकेमा रहुन्जेलको व्यवस्थापन क्लबले गर्ने बताइएको छ ।
यसका साथै बेलायतमा रहेका अन्य नेपाली ब्याडमिन्टन क्लबहरु, संघ सस्थाहरु, साथै ब्यक्तिहरुले कुनै कार्यक्रममा दाहाललाई निमन्त्रणा गर्ने योजना पनि बनाउन सक्नेछन् । यसका लागि क्लबलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
दाहालको युके भ्रमणको उद्देश्य युकेका सबै नेपाली ब्याडमिन्टन खेलाडीहरुसँग भेटघाट, भलाकुसारी र खेल रहेको छ । दाहाल र पूर्व विश्व नम्बर एक खेलाडी इडिरिकमुनी दिनुका निशान पेरेरा कारुनारातनेसँग हेज लिजर सेन्टरको खेल हलमा खेल हुनेछ ।
युकेमा स्थापित क्लबहरु तथा खेलाडीहरुलाई सो खेलमा उपस्थितिको लागि अनुरोध गरिएको छ ।
दाहाल ७ मार्चमा युके आउने र १६ मार्चमा फ्रान्स हुँदै पोल्याण्ड इन्टरनेसनल सेरिज खेलमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नेछन् ।
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा