काठमाडौँ । प्रदेश संरचनका बारेमा असहमति राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभापति चयन गरेको छ ।
यसबाट रास्वपाको प्रदेश संरचनाप्रतिको पहिलेको धारणा फेरिएको हो कि भन्ने आशंका पनि पैदा भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ ।
प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]