
अबुजा । नाइजेरियामा सत्तारुढ दल अल प्रोग्रेसिभ कङ्ग्रेसका उम्मेदवार बोला टिनुबु ८० लाख ७९ हजार मत ल्याएर राष्ट्रपतिमा निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचित ७० वर्षीय राष्ट्रपतिले आफ्ना निकटतम प्रतिद्वन्द्वी पूर्वउपराष्ट्रपति अतीकु अबुबाकरलाई पराजित गर्नुभएको उक्त आयोगले जनाएको छ । नेता अबुबाकरले छ लाख ९८ हजार मत प्राप्त गर्नुभएको छ भने उहाँलाई पछ्याउँदै लेबर पार्टीका उम्मेदवार पिटर ओबीले ६१ लाख भोट पाउनु भएको हो राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महमूद याकुबुले बताउनुभएको छ ।
यो निर्वाचन नाइजेरियाको इतिहासमा सबैभन्दा कडा प्रतिस्पर्धा भएको थियो । नेता टिनुबुको पकड बलियो रहेको लागोसका साथै देशको दक्षिणपश्चिम क्षेत्रमा आफ्नो गढ बनाएका ओबीलाई पराजित गर्नुभएको छ ।
नवनिर्वाचित राष्ट्रपति टिनुबु लागोस राज्यका पूर्वगभर्नर एवम् सिनेटर हुनुहुन्छ । राष्ट्रव्यापी समर्थकहरूको विशाल भेलालाई सम्बेधन गर्दै उहाँले आफ्नो जितसँगै नाइजेरियामा नयाँ आशा पलाएको बताउनुभयो । उहाँले दिगो विकासमा ध्यान दिने तथा नागरिकका चाहनाबमोजित राष्ट्रिय विकासका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुरक्षित नाइजेरिया बनाउने जनचाहना पूरा गर्ने दृढता पनि उहाँले व्यक्त गर्नुभयो ।
निवर्तमान राष्ट्रपति मुहम्मदु बुहारीले टिनुबुको जितको स्वागत गर्दै निर्वाचन परिणामले अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्रमा लोकतन्त्र प्रतिविम्बित भएको बताउनुभयो । राष्ट्रपति बुहारीले सुव्यवस्थित रूपमा टिनुबु र उहाँको टोलीलाई सत्ता हस्तान्तरण गर्ने बताउनुभएको छ । बुहारीले राष्ट्रपति निर्वाचनलाई अफ्रिकाको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यासका रूपमा वर्णन गर्दै नवनिर्वाचित राष्ट्रपति टिनुबुको प्रशंसा गर्नुभएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]