
कास्की । नेपाल मगर सांस्कृतिक संघ कास्की जिल्ला समन्वय समितिले विपन्न र अशक्तलाई नगदसहित खाद्यान्न, लत्तकपडा सहयोग गरेको छ ।
अध्यक्ष सरिता सारु मगर नेतृत्वको टोलीले शुक्रबार पोखरा महानगरपालिकाका विभिन्न वडामा रहेका असहायलाई सहयोग गरेको हो । विभिन्न समुदायका विपन्न र अशक्त ७ जनालाई तेल, चामल खाद्यान्न, कपडा र कृष्ण दर्जीलाई १५ हजार नगदसहित सहयोग दिएको अध्यक्ष सारु मगरले जानकारी दिनुभयो । उनका अनुसार करिब ७० हजार रुपैयाँको सहयोग बाँडिएको छ ।
कास्कीको जरेवर–६ लेकसाइडकी पूजा विक, घारीपाटन–१७ पोखराकी शान्ति नेपाली, रातो पैरा–१७ घारीपाटनकी मनमाया थापा मगर, कृष्ण कार्की, कृष्ण टोल ९ बसपार्कका कृष्ण दर्जी, चाँदनी टोल १४ चाउथेकी लक्ष्मी परियार, मनिपाल १२ पोखराका नरबहादुर खत्री र लेकसाइड–६ पोखराका दिलबहादुर थापामगर सहयोग पाएका छन् ।
असहाय तथा विपन्न परिवारका सहयोगार्थ गएको पुस ३० गते नेपाल मगर सांस्कृतिक संघ कास्कीले सांस्कृतिक उत्सव गरेको थियो । सहयोग वितरणका क्रममा नेपाल मगर सांस्कृतिक संघ कास्की उपाध्यक्ष दिलु मगर, महिला उपाध्यक्ष सिर्जना आलेमगर, कोषाध्यक्ष कल्पना आलेमगर, सहकोषाध्यक्ष चिना थापामगर, सदस्यहरु रामचन्द्र थापामगर, रेणु रिलामीमगर, ललित पुनमगर, बत्ति थापामगर, दिलु मगर, निरा थापामगर, दिलबहादुर मगर, पवित्रा कोइरालालगायत सहभागी थिए ।
फागुन १५ गतेपछि तनहुँ जिल्लाका विभिन्न भेगमा पुगेर केही अति विपन्न परिवारलाई सहयोग उपलब्ध गराउने पनि अध्यक्ष सारु मगरले जानकारी दिइन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा