
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले टर्कीएका भूकम्प पीडितलाई राहत सामग्री सहयोग गरेको छ । प्रभावित क्षेत्रमा पठाउनका लागि महासङ्घले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायतास्थललाई सहायता सामग्री हस्तान्तरण गरेको छ ।
महासङ्घले आज विज्ञप्ति जारी गर्दै सहयोग सामग्रीमा ज्याकेट, टाउजर, स्लीपीङ ब्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लब्स, ब्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्कीन सेटप्लर, आइभी सेटलगायत रहेको जनाएको छ । सहायता सामग्रीका लागि महासङ्घको सदस्य संस्था रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपालको समेत सहयोग रहेको विज्ञप्तिमा उल्लेख छ ।
महासङ्घले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिमा परेका टर्कीएका नागरिकका लागि राहत सामग्री पठाएको जनाएको छ ।
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
महिला टि-२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने