लन्डन । तमुधिं दक्षिणपूर्वी लन्डन शाखाले बुद्ध जयन्तीको उपलक्ष्यमा सोमबार चार किमी लामो शान्ति पदयात्रा गरेको छ । बुद्ध पूर्णिमाको अवसरमा ऊलवीच, लन्डन स्थित लोटस् क्लबबाट शुरु पदयात्रा रगलान रोड, ब्रीअरी रोड, ग्रिफिन प्लमस्टिड हुंदै लोटस क्लबमै आएर अन्त्य भएको थियो । बुद्ध जयन्तीको अवसरमा बुद्ध भगवान नेपालमा जन्मेका थिए भन्ने नाराका साथ यस क्षेत्रमा पहिलो पटक विश्व शान्ति पदयात्रा भएको हो । पदयात्राका क्रममा भगवान बुद्धको प्रार्थना तथा बुद्धवाणी अंकित प्लेकार्ड, ब्यानर, झण्डाहरुको रंगीचंगी माहौल देखिन्थ्यो ।
शाखाका अध्यक्ष श्रीचन्द्र गुरुङको अगुवाई र सल्लाहकार सुमलकुमार गुरुङको संयोजनमा सम्पन्न उक्त वृहत र्यालीमा तमुधिं यूके अध्यक्ष रामचन्द्र गुरुङसहित दक्षिण पूर्वी लन्डनमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
पदयात्रा शुरु हुनु अघि महासचिव सुमन गुरुङको सम्बोधनमा नेपालमा महाभूकम्पबाट दिवंगत हजारौ व्यक्तिको आत्मा शान्तिका लागि लामा गुरुहरुको प्रार्थना सहित २ मिनटको मौन धारणा गरेर श्रद्धान्जली अर्पण गरिएको थियो । त्यसपछि संयोजक सुमलकुमार गुरुङले विश्व शान्ति पदयात्राका लागि पालन गर्नुपर्ने शान्ति सुरक्षाबारे प्रकाश पारेका थिए ।
पदयात्रा पछि अध्यक्ष श्रीचन्द्र गुरुङले धन्यवाद दिए । आचार्य गुरु, दावा नोर्बु लामा, दावा लामा, गोपाल लामा, धरम लामा तथा विनोद लामा द्वारा तीनघण्टासम्म पूजापाठ तथा प्रवचन पश्चात संक्षिप्त औपचारिक कार्यक्रम सम्पन्न भएको थियो । यस कार्यक्रम महासचिव सुमन गुरुङले सञ्चालन गरेका थिए । उपाध्यक्ष हिराप्रसाद गुरुङको स्वागत मन्तव्य, संयोजक सुमलकुमार गुरुङको बुद्धधर्मबारे छोटो प्रकाश तथा अध्यक्ष श्रीचन्द्र गुरुङको धन्यवाद ज्ञापन पश्चात औपचारिक कार्यक्रम समापन भएको थियो । पूजाको दौरान समाजका सल्लाहकार योगेश गुरुङ तथा सुर्य गुरुङ, कोष संकलनमा ह्यारी गुरुङ तथा जुन गुरुङ आदिले सहयोग गरेका थिए । कर्यक्रममा आमा समूहको अहम् भूमिका थियो । पूजाको अन्तमा लामा गुरुहरुले अभिषेक दिएका थिए ।
ग्रीनवीच बरोका मेट पुलिस सार्जेण्ट बेनको नेतृत्वमा आएका ७ जना प्रहरी तथा इमर्जेन्सी भेहिकल, लन्डन ट्रान्सपोर्टका रेस्क्यू भेहिकल तथा स्टाफहरु, समाजबाट तोकिएका तथा समूह समूहमा नियुक्त गीरएका नियन्त्रक तथा स्टेवार्डहरुको विशेष भूमिकाले कार्यक्रम व्यवस्थित देखिन्थ्यो ।
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो