लन्डन । तमुधिं दक्षिणपूर्वी लन्डन शाखाले बुद्ध जयन्तीको उपलक्ष्यमा सोमबार चार किमी लामो शान्ति पदयात्रा गरेको छ । बुद्ध पूर्णिमाको अवसरमा ऊलवीच, लन्डन स्थित लोटस् क्लबबाट शुरु पदयात्रा रगलान रोड, ब्रीअरी रोड, ग्रिफिन प्लमस्टिड हुंदै लोटस क्लबमै आएर अन्त्य भएको थियो । बुद्ध जयन्तीको अवसरमा बुद्ध भगवान नेपालमा जन्मेका थिए भन्ने नाराका साथ यस क्षेत्रमा पहिलो पटक विश्व शान्ति पदयात्रा भएको हो । पदयात्राका क्रममा भगवान बुद्धको प्रार्थना तथा बुद्धवाणी अंकित प्लेकार्ड, ब्यानर, झण्डाहरुको रंगीचंगी माहौल देखिन्थ्यो ।
शाखाका अध्यक्ष श्रीचन्द्र गुरुङको अगुवाई र सल्लाहकार सुमलकुमार गुरुङको संयोजनमा सम्पन्न उक्त वृहत र्यालीमा तमुधिं यूके अध्यक्ष रामचन्द्र गुरुङसहित दक्षिण पूर्वी लन्डनमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
पदयात्रा शुरु हुनु अघि महासचिव सुमन गुरुङको सम्बोधनमा नेपालमा महाभूकम्पबाट दिवंगत हजारौ व्यक्तिको आत्मा शान्तिका लागि लामा गुरुहरुको प्रार्थना सहित २ मिनटको मौन धारणा गरेर श्रद्धान्जली अर्पण गरिएको थियो । त्यसपछि संयोजक सुमलकुमार गुरुङले विश्व शान्ति पदयात्राका लागि पालन गर्नुपर्ने शान्ति सुरक्षाबारे प्रकाश पारेका थिए ।
पदयात्रा पछि अध्यक्ष श्रीचन्द्र गुरुङले धन्यवाद दिए । आचार्य गुरु, दावा नोर्बु लामा, दावा लामा, गोपाल लामा, धरम लामा तथा विनोद लामा द्वारा तीनघण्टासम्म पूजापाठ तथा प्रवचन पश्चात संक्षिप्त औपचारिक कार्यक्रम सम्पन्न भएको थियो । यस कार्यक्रम महासचिव सुमन गुरुङले सञ्चालन गरेका थिए । उपाध्यक्ष हिराप्रसाद गुरुङको स्वागत मन्तव्य, संयोजक सुमलकुमार गुरुङको बुद्धधर्मबारे छोटो प्रकाश तथा अध्यक्ष श्रीचन्द्र गुरुङको धन्यवाद ज्ञापन पश्चात औपचारिक कार्यक्रम समापन भएको थियो । पूजाको दौरान समाजका सल्लाहकार योगेश गुरुङ तथा सुर्य गुरुङ, कोष संकलनमा ह्यारी गुरुङ तथा जुन गुरुङ आदिले सहयोग गरेका थिए । कर्यक्रममा आमा समूहको अहम् भूमिका थियो । पूजाको अन्तमा लामा गुरुहरुले अभिषेक दिएका थिए ।
ग्रीनवीच बरोका मेट पुलिस सार्जेण्ट बेनको नेतृत्वमा आएका ७ जना प्रहरी तथा इमर्जेन्सी भेहिकल, लन्डन ट्रान्सपोर्टका रेस्क्यू भेहिकल तथा स्टाफहरु, समाजबाट तोकिएका तथा समूह समूहमा नियुक्त गीरएका नियन्त्रक तथा स्टेवार्डहरुको विशेष भूमिकाले कार्यक्रम व्यवस्थित देखिन्थ्यो ।
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
अमेरिकामाथि नेपालको जित
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन