
बेइजिङ । चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य गरिएको छ।
चीनले जनवरी ८ देखि सुरु हुने अन्तर्राष्ट्रिय आगमनका लागि न्युक्लिड एसिड परीक्षण रद्द गर्ने चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा मङ्गलबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यद्यपि, चीन भ्रमणमा आउने यात्रुले चीन प्रस्थान गर्नुभन्दा ४८ घण्टाभित्र पीसीआर परीक्षण गर्नुपर्ने र यसको रिपोर्ट साथमा राख्नुपर्नेछ । कोभिड सङ्क्रमण भएका व्यक्तिहरूलाई रिपोर्ट नेगेटिभ नआएसम्म आफ्नो यात्रा स्थगित गर्न सल्लाह दिइएको छ ।
चिनियाँ कुटनीतिक तथा कन्सुलर नियोगबाट स्वास्थ्य कोडका लागि यात्रुले आवेदन दिन आवश्यक छैन । उनीहरुले भन्सार कार्डमा आफ्नो स्वास्थ्य अवस्थाको घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ ।
असामान्य स्वास्थ्य अवस्था घोषणा वा ज्वरोको लक्षण भएका व्यक्तिहरूले भन्सारमा एन्टिजेन परीक्षण गर्नुपर्नेछ । उनीहरूलाई स्वास्थ्य अवस्था हेरेर निको नहुञ्जेलसम्म घरमै एकान्तमा बस्न वा अस्पतालमा उपचार गर्न सल्लाह दिइने बताइएको छ ।
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
महिला टि-२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने