
लण्डन । बेलायतको दुई प्रमुख राज्य इङल्यान्ड र वेल्सको राष्ट्रिय जनगणनाले ती दुई राज्यमा बसोबास गर्ने विभिन्न जातीयताका समुदायको आँकडा सार्वजनिक गरिसकेको छ ।
सो आँकडालाई केलाउँदै ती दुई राज्यमा १ लाख ३ हजार ८७५ नेपाली रहेको पाइएको सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले गत साता सार्वजनिक गरेको छ । राष्ट्रिय जनगणनाको तथ्याङ्कलाई अझै मिहीन गरेर हेर्दा बेलायतका २० स्थानमा नेपालीहरूको बसोबास १ हजार भन्दा माथि रहेको पाइएको छ ।
बेलायतमा सबैभन्दा धेरै नेपाली रसमोरमा बसोबास गर्छन् । रसमोरमा नेपालीहरूको संख्या १० हजार ५७५ पुगेको छ । यसअघि सन २०११ को जनगणनामा रसमोरमा ६ हजार १३१ नेपाली रहेका थिए । एक दशकको बीचमा रसमोरमा ४ हजार ४४४ नेपालीहरू थपिएका छन् ।
त्यसैगरी, दक्षिण पूर्वी लण्डनको ग्रीनीचमा सन २०११ मा ५ हजार ४०७ नेपाली रहेकोमा एक दशकमा २ हजार २४२ थपिई उनीहरूको संख्या ७ हजार ६४९ पुगेको छ । यस्तै, रेडिङमा विगत १० वर्षमा २ हजार ६१९ नेपाली बढेका छन् र त्यहाँ नेपालीको संख्या ५ हजार ३४४ पुगेको छ ।
लण्डनभित्र पनि नेपालीहरूको संख्या कतै निकै थपिएको छ भने कतै आश्चर्यजनक ढंगले घटेको छ । हाउन्स्लोमा १ हजार ८५३ जना, इलिङमा ९१४ जना, हिलिङडनमा १ हजार ४०५ र ह्यारोमा ६७३ जना थपिएका छन् । उता ब्रेन्टमा भने सन २०११ मा २ हजार ८०० जना नेपाली रहेकोमा अहिले घटेर १ हजार ९३५ जनामा झरेका छन् । यसैगरी सन् २०११ मा १ हजार १९ जना नेपाली रहेको न्यूहाममा सन् २०२१ मा भने ३६० मात्र नेपाली रेकर्ड भएका छन् । यस्तै, बार्नेटमा सन २०११ मा ९२० जना नेपाली रहेकोमा दश वर्षमा ४९ जना मात्र बढेको पाइएको छ । अहिले बार्नेटमा नेपाली ९६९ जना छन् । उता विगतको जनगणनामा नेपालीहरूको बसोबास रहेको २० स्थानमा नपरेको बेक्स्लीमा भने एक दशकमा नेपालीहरूको संख्या ह्वात्तै बढेर १ हजार ७१५ पुगेको छ ।
सन् २०२१ मा नेपालीहरूको बढी बसोबास रहेको २० स्थान
| क्रस | स्थान | संख्या |
| १ | रसमुर | १०५७५ |
| २ | ग्रीनीच | ७६४९ |
| ३ | रेडिङ | ५३४४ |
| ४ | हाउन्स्लो | ४४१२ |
| ५ | आसफोर्ड | ४०९३ |
| ६ | इलिङ | ३५६५ |
| ७ | विल्सायर | २९८५ |
| ८ | हिलिङडन | २९५३ |
| ९ | स्वीण्डन | २८५१ |
| १० | मेडिस्टोन | २६८१ |
| ११ | फोल्कस्टोन | २५२८ |
| १२ | बेइजिङस्टोक र डिन | २५१० |
| १३ | ह्यारो | २१७५ |
| १४ | ब्रेन्ट | १९३५ |
| १५ | बेक्स्ली | १७१५ |
| १६ | ब्राक्नेल फोरेष्ट | १६१९ |
| १७ | ननिटन र बेडवर्थ | १५४४ |
| १८ | सरेहिथ | १४६४ |
| १९ | रिच्मन्डसायर | १२१६ |
| २० | कोलचेष्टर | १०६९ |
लण्डन बाहिर केन्टको आसफोर्डमा विगतको जनगणनामा १ हजार ६४५ रहेको नेपालीहरूको संख्या यस जनगणनामा ४ हजार ९३ पुगेको देखिएको छ । मेडिस्टोनमा सन् २०११ मा नेपालीको संख्या १ हजार ४०० मात्र रहेकोमा अहिले २ हजार ६८१ पुगेको छ तर गत जनगणनामा सेपवे भनिएको फोल्कस्टोनमा भने संख्या धेरै बढेको छैन । गत जनगणनामा २ हजार ३४१ नेपालीहरू रहेकोमा अहिले २ हजार ५२८ मात्र पुगेको छ ।
यसैगरी स्वीण्डन, विल्सायर, बेइजिकस्टक एण्ड डिन, रिच्मण्डसायर, सरेहिथ, ब्राकनेल फोरेष्ट विगतमा पनि नेपालीहरूको बाहुल्य बसोबास रहेको २० स्थानमा रहेका थिए र यस जनगणनामा पनि २० स्थानभित्र परेका छन्। यस जनगणनामा कोलचेष्टर र ननिटन तथा वेडवर्थ नेपालीहरूको बढी बसोबास रहेको २० स्थानमा परेका छन् भने पहिले २० स्थानभित्र रहेको बार्नेट, डोभर र न्यूहाम बाहिरिएका छन् ।
वेल्समा नेपालीहरूको धेरै बसोबास पोवीजमा रहेको छ भने दोस्रो धेरै संख्या कार्डिफमा देखिएको छ । पोजीजमा ५०६ जना र कार्डिफमा ३७१ जना नेपाली रहेका छन् ।
सन् २०११ मा नेपालीहरूको बढी बसोबास रहेको २० स्थान
| क्रस | स्थान | संख्या २०११ |
| १ | रसमुर | ६१३१ |
| २ | ग्रीनीच | ५४०७ |
| ३ | ब्रेन्ट | २८०० |
| ४ | रेडिङ | २७२५ |
| ५ | इलिङ | २६५१ |
| ६ | हाउन्स्लो | २५५९ |
| ७ | सेपवे | २३४१ |
| ८ | आसफोर्ड | १६४५ |
| ९ | हिलिङडन | १५४८ |
| १० | ह्यारो | १५०२ |
| ११ | मेडिस्टोन | १४०० |
| १२ | स्वीण्डन | १२८८ |
| १३ | ब्राकनेल फरेष्ट | १०६६ |
| १४ | बेइजिङस्टक एण्ड डिन | १०५३ |
| १५ | न्यूहाम | १०१९ |
| १६ | रिच्मण्डसायर | ९२९ |
| १७ | बार्नेट | ९२० |
| १८ | विल्सायर | ९०८ |
| १९ | सरेहिथ | ८४१ |
| २० | डोभर | ६९६ |
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ