
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपाललाई सहयोगस्वरुप भारतले दुई सय थान सवारीसाधन उपलब्ध गराएको छ ।
अर्थमन्त्री जनार्दन शर्मालाई अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सरकारका तर्फबाट उपहारस्वरुप उपलब्ध गराइएका सवारी साधन(पीक अप भ्यान)को साँचो हस्तान्तरण गर्नुभयो ।
ती सवारी साधनमध्ये एक सय २० वटा सुरक्षा निकाय र बाँकी निर्वाचन आयोगलाई उपलब्ध हुनेछ । भारतले विगत वर्षमा पनि निर्वाचनका समयमा यस प्रकारको सवारीसाधन उपलब्ध गराउँदैआएकामा हालसम्म दुई हजार चार सय सवारी साधन उपलब्ध गराइसकेको छ । त्यसमध्ये दुई हजार सुरक्षा निकाय र ४०० थान निर्वाचन आयोगलाई प्राप्त भएको थियो ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम