
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा बिहीबारदेखि सुरु भएको छ ।
‘प्राकृतिक श्रोत जल, जमिन र जङ्गलमाथी जनजातिको अधिकार सुनिश्नित गर ! प्राचिन सभ्याता र ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशहरुको पुन: नामाङ्कन गर’ भन्ने नाराका साथ महासंघको महाधिवेशन सुरु भएको हो ।ने पाल प्रज्ञा प्रतिष्ठान कमलादीमा महाधिवेशन बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले उद्घाटन गर्नुभयो ।
उद्घाटनअघि महासंघ सम्बद्ध विभिन्न जातीय संस्थाले झाँकी र्यालीको आयोजना गरिएको हो । भृकुटी मण्डपबाट सुरु भएको झाँकी र्याली सहिद गेट, रत्नपार्क हुँदै कर्यक्रमस्थलमा सरिक भएको थियो । बिहीबार उद्घाटन सत्र र शुक्रबार बन्दसत्र हुनेछ ।
महाधिवेसनमा ५६ जातीय घटक संस्था, सम्बन्धन संगठन, प्रवास संगठन तथा प्रदेश र जिल्ला समन्वय परिषद्बाट ५०० भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने महासचिव दिवस राईले जानकारी दिनुभयो ।
भोलि स्वयम्भूस्थित स्टार ब्यांक्वेटमा हुने महाधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गर्नेछ । २०४७ सालमा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ नेपालका आदिवासी जनजातिहरूको छाता संगठन हो । यसमा नेपालका सुचीकृत आदिवासी जनजातिका संघसंस्थाहरु आबद्ध छन् ।

बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित