
इन्डोनेसिया । इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको सङ्ख्या एक ७४ पुगेको एक अधिकारीले स्थानीय सञ्चार माध्यमलाई जनाएका छन् ।
स्थानीय समयानुसार आइतबार बिहान १०:३० बजेसम्म को जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या एक सय ७४ पुगेको पूर्वी जाभाका डेपुटी गभर्नर एमिल डार्डकले प्रसारक कोम्पासलाई टिभी च्यानललाई जानकारी दिनु भएको छ ।
इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएअनुसार खेलका क्रममा एक खेलका पक्षधरले आफ्नो पक्षको हार सहन नसक्दा यस्तो घटना भएको थियो ।
इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अखिन्ताले दिएको समाचारमा खेलमा हार खाएको एक पक्षका समर्थकहरुले हार सहन नसकेर हिंसा मच्चाएका थिए । त्यसपछि त्यहाँ जम्मा भएको भीडमा भागदौड पनि मच्चिएको थियो । भागदौडमा परेर करिब दुई सय जना घाइते पनि भएका जनाइएको छ ।
हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए । त्यसलगत्तै प्रहरीले पनि भीड नियन्त्रण गर्नका लागि अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले अश्रुग्यास हानेपछि सो खेल हेर्न त्यहाँ जम्मा भएका भिडका बीचमा भागदौड भएको थियो । धेरैजसो मानिस भागदौडमा परेर ज्यान गुमाएका थिए ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान