
इन्डोनेसिया । इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको सङ्ख्या एक ७४ पुगेको एक अधिकारीले स्थानीय सञ्चार माध्यमलाई जनाएका छन् ।
स्थानीय समयानुसार आइतबार बिहान १०:३० बजेसम्म को जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या एक सय ७४ पुगेको पूर्वी जाभाका डेपुटी गभर्नर एमिल डार्डकले प्रसारक कोम्पासलाई टिभी च्यानललाई जानकारी दिनु भएको छ ।
इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएअनुसार खेलका क्रममा एक खेलका पक्षधरले आफ्नो पक्षको हार सहन नसक्दा यस्तो घटना भएको थियो ।
इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अखिन्ताले दिएको समाचारमा खेलमा हार खाएको एक पक्षका समर्थकहरुले हार सहन नसकेर हिंसा मच्चाएका थिए । त्यसपछि त्यहाँ जम्मा भएको भीडमा भागदौड पनि मच्चिएको थियो । भागदौडमा परेर करिब दुई सय जना घाइते पनि भएका जनाइएको छ ।
हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए । त्यसलगत्तै प्रहरीले पनि भीड नियन्त्रण गर्नका लागि अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले अश्रुग्यास हानेपछि सो खेल हेर्न त्यहाँ जम्मा भएका भिडका बीचमा भागदौड भएको थियो । धेरैजसो मानिस भागदौडमा परेर ज्यान गुमाएका थिए ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम