
पेरिस । युक्रेनका केही भाग गाँभ्ने रुसी निर्णयको सर्बत्र आलोचना भएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको चार क्षेत्रलाई विलय गर्ने घोषणा गरेपछि संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसलाई “छिटो र गम्भीर मूल्य” चुकाउनुपर्ने चेतावनी दिएको छ ।
उक्त कदमलाई “अवैध“ भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले सधैं युक्रेनको अन्तरराष्ट्रिय मान्यता प्राप्त सिमानाको सम्मान गर्ने र सैन्य र कूटनीतिकरूपमा आफ्नो देशलाई बलियो बनाएर आफ्नो क्षेत्रको नियन्त्रण पुनःप्राप्त गर्ने युक्रेनी प्रयासलाई समर्थन जारी राख्ने बताएका छन् ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार युक्रेनी भू–भाग रुसद्वारा गाभिएको कार्यको निन्दा गर्दै यसलाई अन्तरराष्ट्रिय कानून र युक्रेनी सार्वभौमसत्ताको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।
उनले यो कदमको फ्रान्सले विरोध गरेको र आफ्नो भू–भाग फिर्ता लिन रुस विरुद्धको युद्धमा युक्रेनको साथमा रहेको समेत प्रतिबद्धता व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्,– रुसको चार युक्रेनी क्षेत्र गाँभ्ने कदम अवैध भएको, यसले अन्तरराष्ट्रिय कानून र युक्रेनी सार्वभौमिकता को गम्भीर उल्लङ्घन” गरेको बताएका छन् ।
“फ्रान्सले यसको विरोध गर्दछ, रुसी आक्रमणको सामना गर्न र युक्रेनलाई आफ्नो सम्पूर्ण भू–भागमा पूर्णस्वामित्व स्थापित गर्न, सार्वभौमसत्ता पुनःप्राप्त गर्ने कदममा युक्रेनको साथमा उभिनेछ,” उनले ट्वीटरमा लेखेका छन् ।
टर्कीले शनिबार रुसले युक्रेनी चार प्रान्तहरू गाभ्नु अन्तरराष्ट्रिय कानूनको “गम्भीर उल्लङ्घन” भएको भन्दै द्वन्द्व अन्त्य गर्न वार्ताको लागि आह्वान गरेको छ।
सन् २०१४ मा क्रिमियालाई गाभेको रुसले शुक्रबार लुगान्स्क, डोनेस्क, खेर्सन र जापोरिज्जियालाई आफ्नो क्षेत्रको हिस्सा घोषणा गरेपछि अङ्काराले रुसले सन् २०१४ मा गरेको क्रिमियालाई मान्यता नदिएको विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
टर्कीले २०१४ मा एक अवैध जनमत सङ्ग्रहका नाममा रूसले क्रिमिया गाभेको भएपनि टर्कीले मान्यता नदिएको र हरेक अवसरमा युक्रेनको क्षेत्रीय अखण्डता, स्वतन्त्रता र सार्वभौमिकतालाई बलियो समर्थनमा जोड दिएको टर्कीको दाबी छ।
त्यसैगरी टर्कीले युक्रेनका केही भाग हिजोमात्र रुसले गाभेको दाबीलाई अन्तरराष्ट्रिय कानूनको स्थापित सिद्धान्तको विपरीत रहेको जनाएको छ ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण