
लण्डन । मध्य लण्डनमा शुक्रबार दुई जना प्रहरीमाथि छुरा प्रहार भएको छ ।
उक्त घटनालाई आतङ्कवादसँग सम्बन्धित नठानिएको महानगरीय प्रहरीले जनाएको छ ।
लण्डनको लेस्टर स्क्वायर नजिकै उक्त ब्यक्तिले प्रहरीमाथि चक्कु प्रहार गरेको थियो । छुरा प्रहारबाट घाइते भएका दुई अधिकारीको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
आक्रमणकारीलाई नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरिएको थियो । आक्रमणकारीलाई आपतकालीन कामदारमाथि आक्रमण गरेको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा शोक व्यक्त गर्न लाखौं मानिस आउने तयारी गरिरहेका बेला यो घटना भएको हो । सर्वसाधारणलाई सुरक्षित राख्न प्रहरी अधिकारीहरु आगामी केही दिन लण्डनभरि तैनाथ रहने बताइएको छ ।
लण्डनका मेयर सादिक खानले शुक्रबार एक वक्तव्य जारी गर्दै उक्त आक्रमण ‘अत्यन्तै डरलाग्दो’ र ‘लज्जास्पद’ भएको बताएका छन् । खानले भन्नुभयो, “यी साहसी अधिकारीहरूले हाम्रो देशको लागि यस महत्वपूर्ण समयमा आफ्नो कर्तव्य पूरा गरिरहेका थिए र जनतालाई सहयोग गरिरहेका थिए ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम