
लण्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) ले यही सेप्टेम्बर ९ तारिखका दिन १० किलोमिटर (टेन के) र २ किलोमिटर ( टु के फन रन) दौडको आयोजना गर्ने भएको छ ।
उक्त दौडमा ब्ल्याक वाटर भ्याली रनर्ससित सहकार्य हुने छ भने रश्मूर बोरो काउन्सिलको विशेष सहयोग रहने छ । उक्त दौडको प्रमुख प्रायोजक पीपल मोर्गेज र विशेष प्रायोजक ग्रैन्जर रहेको छ।
उक्त दौडमा सहभागी हुन चाहनेहरुले स्वयंसेवी रुपमा दौडमा सहभागिता जनाउन सक्ने छन्। दौडमा सहभागी सात सय जनाले टी सर्ट पाउने छन् भने अन्यको केही रकम वृक्षारोपणमा खर्चिने छ।
सबै रकम च्यारिटेबल काममा खर्चिने छ भने दौडमा प्रथम हुने र नेपाली सहभागी मध्ये प्रथम हुनेलाई एभरेस्ट म्याराथनमा दौड्नका लागि सहयोग तथा प्रायोजन गरिने कोसिश भैरहेको छ।
उक्त दौडको तयारी बैठक गत सनिबार ३ सेप्टेम्बर २०२२ मा बिहान साढे ९ बजेदेखि साढे ११ बजेसम्म कार्य समिति र सल्लाहकारहरुबीच बसेको छ। उक्त दौडको संयोजक मेजर रिटायर्ड खिम गौचन, सह संयोजक उपाध्यक्ष उत्तरबहादुर गुरुङ, महासचिव डा विशाल गुरुङ, खेलकुद सचिव कुमार गुरुङ र उपाध्यक्ष (महिला) लLला सेलिङ माबोले गर्ने छन्।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]