
झापा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) क्षेत्र नं ५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ ।
आज बसेको क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो । क्षेत्र नं १ बाट रविन कोइरालाको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं २ बाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, एमाले प्रदेश इञ्चार्ज देवराज घिमिरे, पवित्रा खरेल र ध्रुवकुमार शिवाकोटीको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्षेत्र नं ३ र ४ बाटसमेत आजै उम्मेदवारको नाम सिफारिसका लागि पार्टीको बैठक बसिरहेको छ ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]