
म्याग्दी । समुद्री सतहदेखि चार हजार छ सय ४५ मिटरको उचाइमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा आज गल्फ प्रतियोगिता भएको छ । लोवथाङको गल्फ कोर्समा विश्वकै उच्च स्थानमा प्रतियोगिता सञ्चालन गरेर कीर्तिमान बनाएको आयोजक लोमान्थाङ गाउँपालिकाले जनाएको छ । यसअघि भारतको सिक्किममा तीन हजार नौ सय ७० मिटर उचाइमा रहेको याक गल्फ कोर्सलाई सर्वाधिक उचाइको गल्फ कोर्स मान्ने गरिएको थियो ।
गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । “३६ खेलाडीको सहभागितामा प्रतियोगिता सञ्चालन भयो”, उहाँले भन्नुभयो, “विश्वकै उच्च स्थानमा गल्फ खेलाएर कीर्तिमान बनाउन सफल भयौँ ।” ८१ वर्षीय डा रीता थापाले प्रतियोगिता उद्घाटन गर्नुभएको थियो । नौ होलमा खेलाइएको प्रतियोगिताको पुरुषतर्फ २२ पोइन्ट ल्याएर श्याम तामाङ र महिलातर्फ १५ अङ्क (पोइन्ट)ल्याएर सुस्मा सिंह विजयी भएका अफिसियल भुबहादुर गुरुङले जानकारी दिनुभयो ।
बीस अङ्क गरेका बलराम थापा फस्ट रनर अफ, रवीन्द्र सायमीले ग्रोस र लङ्गेष्ट ड्राइभको उपाधि पाउनुभयो । श्याम सिम्खडाले एकै सर्टमा गल्फको बललाई सबैभन्दा टाढा पु¥याएर ग्रोजेष्ट टु डिपिनको उपाधि जित्नुभएको अफिसियल गुरुङले बताउनुभयो । उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धन तथा पर्वतीय खेलकुदको विकास गर्न लोमान्थाङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा हाइअल्टिच्युड गल्फ प्रतियोगिता सञ्चालन गर्न रु १० लाख बजेट विनियोजन गरेको थियो ।
“गत वर्ष लोवथाङमा गल्फ खेलका प्राविधिक टोली पुगेर सो स्थानको अवलोकन गरेका थिए”, गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले भन्नुभयो, “टोलीले गल्फ खेलका लागि उपयुक्त स्थान पहिचान गरेपछि पर्यटन आकर्षित गर्न प्रतियोगिता सञ्चालन गरेका हौँ ।”
प्रतिनिधिसधा सदस्य प्रेमप्रसाद तुलाचनले लोवथाङको गल्फ कोर्सले मुस्ताङको खेलकुद र पर्यटनको क्षेत्रमा नयाँ सम्भावना उजागर गरेको बताउनुभयो । लोमान्थाङ बजारदेखि पश्चिम डोल्पा जाने बाटोमा लोवथाङ पर्छ । त्यहाँसम्म पुग्न मोटर सडकसमेत विस्तार भइसकेको छ । करिब तीन किलोमिटर फराकिलो समथर खुला क्षेत्रमा घाँसे मैदानमा गल्फ खेलका लागि मैदान बनाइएको छ । त्यहाँ गण्डकी प्रदेश सरकारमार्फत निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट विनियोजन भएको रु १० लाख बजेटबाट गल्फ कोर्स निर्माण गरिएको सांसद विष्टले बताउनुभयो । गल्फका लागि टि बक्स, फेयर वे र ग्रिन, फ्रन्ट लाइन र ब्याक लाइनको टिबक्सलगायतका संरचना बनाइएको छ । गल्फ खेलमैदान पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडक यात्रा गर्नुपर्छ । सवारी साधनमा लोमान्थाङबाट ३० मिनेटमा पुग्न सकिन्छ ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित