
काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सोधपुछ बयानका लागि यही भदौ १५ गते बोलाउने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले महाअभियोग लागेर निलम्बनमा पर्नुभएका जबरालाई सोधपुछ बयान लिनका लागि यही भदौ १५ गतेको बैठकमा बोलाउने निर्णय गरेको हो ।
समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई लगाइएको महाअभियोगका सम्बन्धमा थप उजुरी, सूचना वा जानकारी दिन सार्वजनिक सूचना गर्ने र राष्ट्रियस्तरका कानूनी र न्यायिक क्षेत्रका सङ्घसंस्थालाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।
समितिले आजै आन्तरिक कार्यविधि र कार्यतालिकासमेत पारित गरेको छ । समितिले महाअभियोगका सम्बन्धमा थप उजुरी, सूचना वा जानकारी दिनका लागि यही भदौ १२ गतेसम्म तीन दिनको समय दिने, १५ गते निलम्बित प्रधानन्यायाधीशसँग सोधपुछ बयान लिने र १९ गतेभित्र प्रतिवेदन तयार गर्नेगरी कार्यतालिका पारित गरेको छ ।
समितिमा जतिसक्दो चाँडो प्रतिवेदन बुझाउने सहमति भएको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिनुभयो । समिति गठन भएपछि आज तेस्रो बैठक बसेको हो । आजको निर्णयसँगै समितिले द्रुत गतिमा काम प्रारम्भ गरेको छ ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित