
मस्को । संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघको ७६ औँ महासभाको उच्चस्तरीय बैठकमा भाग लिनका लागि विदेशमन्त्री सर्गेई लाभरोभ र उनको प्रतिनिधिमण्डललाई भिसा देला कि नदेला भन्ने आशंका उत्पन्न भएको छ ।
युक्रेन युद्धपछि अमेरिकाले गत फेब्रुअरीको अन्त्यमा विदेशमन्त्री लाभरोभ विरुद्ध प्रतिवन्धह लगाएको थियो । जसमा अमेरिका प्रवेश गर्न प्रतिबन्ध, अमेरिकामा रहेका सम्पत्ति रोक्का गर्ने र अमेरिकी कम्पनीहरू र नागरिकहरूसँग व्यापार गर्नबाट समेत प्रतिबन्ध लगाइएको थियो।
रुसी विदेश मन्त्रालयले भने प्रतिबन्धलाई अवैधानिक भन्दै लाभरोभको विदेशी बैंकहरूमा खाता नभएको जनाएको छ।
यसैबीच, संयुक्त राष्ट्रसंघका प्रवक्ता फरहान हकले बुधबार स्पुतनिकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र अन्य वरिष्ठ संयुक्त राष्ट्रका अधिकारीहरू आयोजक देश संयुक्त राज्य अमेरिका र रुसी मिसन लगायत विश्व निकायका सम्बन्धित नियोगहरूसँग नजिकको सम्पर्कमा रहेको बताएका छन्।
जुलाई २७ मा केही मिडिया रिपोर्टहरूले संयुक्त राष्ट्रसंघका निकायहरूको काममा भाग लिन चाहने थुप्रै रूसी प्रतिनिधिहरूलाई अमेरिकाले भिसा जारी नगरेको कारण रूसले आफ्ना कूटनीतिज्ञहरूले अमेरिकी भिसा प्राप्त गर्न नसक्ने हुन सक्नेतर्फ सङ्केत गरेको बताएका छन्।
संयुक्त राष्ट्रसंघ र संयुक्त राज्य अमेरिका बीचको सम्झौता अनुसार मुख्यालयको आयोजक राष्ट्रको हैसियतमा अमेरिकी अधिकारीहरूले सङ्गठनका सदस्य राष्ट्रका प्रतिनिधि र अधिकारीहरूलाई संयुक्त राष्ट्रसंघको भ्रमणमा अवरोध गर्नु हुँदैन भन्ने प्रावधान भएको रुसले स्मरण गराएको छ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान