
नैरोवी । केन्याका उपराष्ट्रपति विलियम रुटो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
निर्वाचन आयोगका प्रमुखले सोमबार राती उहाँ राष्ट्रपतिय निर्वाचनमार्फत राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्नु भएको हो ।
नवनिर्वाचित राष्ट्रपति रुटोले ७१ लाख ७६ हजार १४१ मत प्राप्त गर्नुभएको आयोगका प्रमुख वाफुला चेबुकातीले जानकारी दिनुभयो । उहाँको यो भोट ५०.४९ भएको छ ।
उहाँसँग प्रतिष्पर्धामा उभिनुभएका प्रभावशाली विपक्षी नेता राइला अडिङगाले ६९ लाख ४२ हजार ९३० मत प्राप्त गर्नु भएको । यो सङ्ख्या ४८.८५ प्रतिशत हो ।
दुवै पक्षले प्राप्त गरेको मत अनुपात हेर्दा दुई जनाका बीचमा कडा प्रतिष्पर्धा भएको देखिएको छ ।
निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै नेता रुटोले आफ्ना प्रमुख प्रतिस्पर्धी लगायत सबैसँग सहकार्य गर्न आफू सधैँ तयार रहेको बताउनु भयो । उहाँले देशको विकास र समृद्धिका लागि निरन्तर काम गर्ने अठोट पनि व्यक्त गर्नुभयो ।
“केन्याका जनताले देशको काम गर्ने जिम्मेवारी हामीलाई दिएका छन्, हामी इमान्दारिताका साथ त्यो जिम्मेवारी पूरा गर्नेछौँ,” उहाँले भन्नुभयो ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक