
मस्को । रुस र बुल्गेरिया बीचको कुटनीतिक सम्वन्धमा तनाव बढेको छ ।
रुसले बुल्गेरियाका १४ कुटनीतिज्ञलाई आफ्नो देश छाड्न आदेश दिएको अधिकारीहरुले जनाएका छन् ।
बुल्गेरियाले रुसका ७० कुटनीतिज्ञहरुलाई देश निकाला गरेकाले प्रतिक्रिया स्वरुप रुसले बुल्गेरियाका कुटनीतिज्ञहरुलाई निकाला गरेको हो ।
रुसको विदेश मन्त्रालयले रुसका लागि बुल्गेरियाका राजदूत अतानास क्रास्तिनलाई मन्त्रालयमा बोलाएर १४ जनालाई देश निकाला गर्ने निर्णय भएको जानकारी गराएको थियो ।
निस्कासित गरिएका सबै जना मस्कोस्थित बुल्गेरियाको दूतावास र कन्सुलर कार्यालयमा कार्यरत थिए ।
बुल्गेरियाले आफ्ना कुटनीतिज्ञहरूलाई जस्तो व्यवहार गरेको थियो । त्यस्तै व्यवहार आफ्नो तर्फबाट बुल्गेरियालाई गर्नु परेको रूसी पक्षको भनाइ छ ।
बुल्गेरियाका प्रधानमन्त्री किरिल पेत्कोभले गत जुनमा रुसी ७० कुटनीतिज्ञहरुलाई आफ्नो देशबाट निकाला गर्ने निर्णय गरिएको बताउनुभएको थियो ।
ती रुसी कुटनीतिज्ञहरुले बुल्गेरियाको चासो र चाहना विपरितका गतिविधि गरेकाले निस्कासित गर्नु परेको उहाँले उल्लेख गर्नुभएको छ ।––
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा