
कोलम्बो । श्रीलङ्कामा चर्को विरोध प्रदर्शनपछि माल्दिभ्सको राजधानी माले पुगेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षे आज सिङ्गापुर प्रस्थान गरेका छन्।
राजपक्षेले माल्दिभ्स छाडेर निजी जेटमा सिङ्गापुर जाँदै गरेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ। यसअघि, एक निजी जेट माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान गर्न मालेमा अवतरण भएको पनि डेली मिररले बताएको छ ।
राजापाक्षे, श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरू हिजो राति मालेबाट सिङ्गापुरका लागि सिङ्गापुर एयरलाइन्सको विमान चढ्ने तयारीमा थिए तर सुरक्षा चिन्ताका कारण सो कार्यक्रम स्थगित भएको थियो ।
७३ वर्षीय गोटाबाया राजापाक्षे जुलाई ९ मा प्रदर्शनकारीको भीडले निवासमा आक्रमण गरेपछि लुकेर बसेका थिए । विकसित घटनाक्रमलाई सहजरूपमा सम्बोधन गर्न नसकेपछि उनले बुधबार राजीनामा बुझाउने घोषणा गरेका थिए।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान