
मस्को । रुस, इरान र टर्कीयका राष्ट्रपति बीच अर्को हप्ता भेटवार्ता हुने भएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, इरानका राष्ट्रपति इब्राहिम राइसी र टर्कीयका रेसेप तयप एर्डोगानबीच भेटवार्ता हुने भएको हो ।
आगामी जुलाई १९ मा इरानको राजधानी तेहरानमा उहाँहरूका बीचमा भेटवार्ता हुने तय भएको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले जनाएको छ ।
इरान र टर्कीका समकक्षीसँग भेटवार्ता समेत हुनेगरि हुन लागेको रुसी राष्ट्रपतिको भ्रमणका लागि गृहकार्य भइरहेको पनि अधिकारीहरूले जनाएका छन् ।
भ्रमणका क्रममा रुसी राष्ट्रपति पुटिनले अन्य दुई समकक्षीसँग एक्ला एक्लै पनि भेटवार्ता गर्ने तयारी भएको क्रेमलिनको भनाई छ ।
उहाँहरूले आपसी सम्बन्ध तथा सहकार्यलाई बढाउदै लैजाने विषयमा केन्द्रित भएर छलफल गर्ने जनाइएको छ । त्यसैगरी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विविध विषयमा पनि उहाँहरूले विचार आदान प्रदान गर्ने बताइएको छ ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान