
मस्को । रुस, इरान र टर्कीयका राष्ट्रपति बीच अर्को हप्ता भेटवार्ता हुने भएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, इरानका राष्ट्रपति इब्राहिम राइसी र टर्कीयका रेसेप तयप एर्डोगानबीच भेटवार्ता हुने भएको हो ।
आगामी जुलाई १९ मा इरानको राजधानी तेहरानमा उहाँहरूका बीचमा भेटवार्ता हुने तय भएको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले जनाएको छ ।
इरान र टर्कीका समकक्षीसँग भेटवार्ता समेत हुनेगरि हुन लागेको रुसी राष्ट्रपतिको भ्रमणका लागि गृहकार्य भइरहेको पनि अधिकारीहरूले जनाएका छन् ।
भ्रमणका क्रममा रुसी राष्ट्रपति पुटिनले अन्य दुई समकक्षीसँग एक्ला एक्लै पनि भेटवार्ता गर्ने तयारी भएको क्रेमलिनको भनाई छ ।
उहाँहरूले आपसी सम्बन्ध तथा सहकार्यलाई बढाउदै लैजाने विषयमा केन्द्रित भएर छलफल गर्ने जनाइएको छ । त्यसैगरी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विविध विषयमा पनि उहाँहरूले विचार आदान प्रदान गर्ने बताइएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान