
कोलम्बो । श्रीलङ्काली राष्ट्रपति गोटाबाया राजपाक्षेले आफ्नो पदबाट यही जुलाईको १३ तारिखमा राजीनामा दिने भएका छन् । उनले श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अविवर्दनालाई सो कुराको जानकारी गराएका छन् ।
राष्ट्रपति गोटाबायाले शनिबार सभामुख अविवर्दनासँग आफूले जुलाई १३ मा राजीनामा गर्ने जानकारी गराएका सभामुख अविवर्दनाको कार्यालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
श्रीलङ्काका विभिन्न राजनीतिक दलहरुले गरेको मागका आधारमा राष्ट्रपति गोटाबायाले यो निर्णय गरेको जानकारी सभामुखको कार्यालयले प्रकाशन गरेको सो विज्ञप्तिमा जनाइएको छ ।
यसअघि यहाँका प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि आफ्नो पदबाट राजीनामा दिने बताइसकेका छन् ।प्रधानमन्त्री विक्रमासिंघे र राष्ट्रपति गोटबायाले नै पद त्याग गर्नुपर्ने माग यहाँका राजनीतिक दलहरुले संसदमा गरिरहेका थिए । सोही मागका आधारमा उहाँहरुले पद त्याग गर्ने निर्णय गरेका बताइएको छ ।
उता शनिबार नै राष्ट्रपति गोटबाया र प्रधानमन्त्रीको निवास र कार्यालयमा प्रदर्शनकारीहरु प्रवेश गरेका थिए । उनीहरुले प्रधानमन्त्री विक्रमासिंघेको घरमा आगजनी समेत गरेका छन् ।
उता राष्ट्रपति गोटाबायाले पनि शनिबार नै आफ्नो सरकारी निवास छोडेका यहाँका सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक