
वासिङटन । बोटविरूवा वा फूलपात लगाएर बगैँचामा आफूलाई व्यस्त तुल्याउँदा मानसिक स्वास्थ्य सबल हुनसक्ने सुझाव हालै गरिएको एउटा नयाँ अनुसन्धानले दिएको छ ।
बगैँचामा पहिले कहिल्यै काम नगरेकाहरूले पनि बिरुवाहरूसँग काम गर्दा मानसिक स्वास्थ्यलाभ गर्न सक्ने फ्लोरिडा विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानले देखाएको हो ।
प्लोस वान जर्नलमा प्रकाशित प्रतिवेदनअनुसार फूलबारी वा बगैँचामा आफूलाई व्यस्त राख्दा तनाव, चिन्ता र मानसिक चिन्ता कम हुनेछ । अनुसन्धानका क्रममा वैज्ञानिकहरूले सहभागी गराएका स्वस्थ महिलामा मानसिक चिन्ता अति कम भएको पाए । साताको दुईपटक बगैँचा वा फूलबारीसम्बन्धी गतिविधिमा सरिक भएका २६ देखि ४९ वर्षका ३२ महिलामाथि गरिएको अध्ययनले उनीहरू चिन्तामुक्त भएको देखायो । अध्ययनमा सहभागी गराइएका महिलाले यसअघि फूलबारी वा बगैँचामा काम गरेका थिएनन् ।
विगतका अध्ययनहरूले पनि बगैँचामा काम गर्दा विद्यमान चिकित्सा अवस्था वा चुनौती भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गरेको थियो । पछिल्लो अध्ययनले पनि स्वस्थ मानिसले बगैँचा वा फूलबारीमा काम गर्दा मानसिक स्वास्थ्यलाभ पाउनसक्ने अध्ययनका प्रमुख अन्वेषक चार्ल्स गायले बताएका छन् ।
अनुसन्धानमा सहभागीमध्ये आधालाई बगैँचाको काम तोकिएको थियो भने आधालाई कला–निर्माणका काममा खटाइएको थियो । दुवै समूहले एकअर्कालाई हप्तामा दुई पटक मात्र भेटेका थिए । उनीहरूको व्यवहार, बोलीचाली र आफू सम्बद्ध समूहका अनुभव र अध्ययनको तर्कपूर्ण प्रस्तुतिले मानसिकरूपमा स्वास्थ्यमा समान सुधार आएको पाइयो । उनीहरूमा रचनात्मक ढङ्गले काम गर्ने, काममा रमाउने, फूल तथा बोटविरूवा योजनाबद्ध रूपमा लगाउनेजस्ता सकारात्मक सोचको विकास भएको पनि पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान