
वासिङटन । बोटविरूवा वा फूलपात लगाएर बगैँचामा आफूलाई व्यस्त तुल्याउँदा मानसिक स्वास्थ्य सबल हुनसक्ने सुझाव हालै गरिएको एउटा नयाँ अनुसन्धानले दिएको छ ।
बगैँचामा पहिले कहिल्यै काम नगरेकाहरूले पनि बिरुवाहरूसँग काम गर्दा मानसिक स्वास्थ्यलाभ गर्न सक्ने फ्लोरिडा विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानले देखाएको हो ।
प्लोस वान जर्नलमा प्रकाशित प्रतिवेदनअनुसार फूलबारी वा बगैँचामा आफूलाई व्यस्त राख्दा तनाव, चिन्ता र मानसिक चिन्ता कम हुनेछ । अनुसन्धानका क्रममा वैज्ञानिकहरूले सहभागी गराएका स्वस्थ महिलामा मानसिक चिन्ता अति कम भएको पाए । साताको दुईपटक बगैँचा वा फूलबारीसम्बन्धी गतिविधिमा सरिक भएका २६ देखि ४९ वर्षका ३२ महिलामाथि गरिएको अध्ययनले उनीहरू चिन्तामुक्त भएको देखायो । अध्ययनमा सहभागी गराइएका महिलाले यसअघि फूलबारी वा बगैँचामा काम गरेका थिएनन् ।
विगतका अध्ययनहरूले पनि बगैँचामा काम गर्दा विद्यमान चिकित्सा अवस्था वा चुनौती भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गरेको थियो । पछिल्लो अध्ययनले पनि स्वस्थ मानिसले बगैँचा वा फूलबारीमा काम गर्दा मानसिक स्वास्थ्यलाभ पाउनसक्ने अध्ययनका प्रमुख अन्वेषक चार्ल्स गायले बताएका छन् ।
अनुसन्धानमा सहभागीमध्ये आधालाई बगैँचाको काम तोकिएको थियो भने आधालाई कला–निर्माणका काममा खटाइएको थियो । दुवै समूहले एकअर्कालाई हप्तामा दुई पटक मात्र भेटेका थिए । उनीहरूको व्यवहार, बोलीचाली र आफू सम्बद्ध समूहका अनुभव र अध्ययनको तर्कपूर्ण प्रस्तुतिले मानसिकरूपमा स्वास्थ्यमा समान सुधार आएको पाइयो । उनीहरूमा रचनात्मक ढङ्गले काम गर्ने, काममा रमाउने, फूल तथा बोटविरूवा योजनाबद्ध रूपमा लगाउनेजस्ता सकारात्मक सोचको विकास भएको पनि पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने