
काठमाडौँ । डा डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०७८ सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङलाई प्रदान गरिएको छ ।
डा डिल्लीरमण रेग्मी प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कलात्मक बुद्धको मूर्तिसहित पुरस्कार चाम्लिङलाई प्रदान गर्नुभएको हो ।
यसैगरी डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा अनोजा गुरुमालाई दिइएको छ । सम्मान पत्रसहित पुरस्कारको राशी रु एक लाख रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले नेपाली भाषा, साहित्य, संस्कृतिको उत्थानमा चाम्लिङको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । राज्यमन्त्री बोधमाया यादवले घर र पुस्तकालय देशलाई हस्तान्तरण गरी पुरस्कार पनि स्थापना गरेर स्वर्गीय रेग्मीले उदाहरणीय काम गर्नुभएको बताउनुभयो । भूकम्पले क्षतिग्रस्त भवनका स्थानमा अर्को भवन बनाउन विस्तृत परियोजना प्रस्ताव तयार भएको उहाँले सुनाउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा, साहित्य र संस्कृतिका माध्यमबाट विश्वका नेपालीलाई एकतामा गाँस्न सकिन्छ भन्ने उदाहरण चाम्लिङ बन्नुभएको बताउनुभयो । राजनीतिज्ञले राज्यलाई सम्पत्ति र पुस्तकालय दिएको उदाहरण रेग्मीले प्रस्तुत गर्नुभएको उहाँको भनाइ थियो ।
पुरस्कृत व्यक्तित्व चाम्लिङले आफू प्रजातान्त्रिक रुपमा पाँचपटक सिक्किमको मुख्यमन्त्री चुनिएको उल्लेख गर्नुहुँदै त्यो समयमा जैविक खेतीका लागि काम गर्न सफल भएको अनुभव सुनाउनुभयो । नेपाल कृषि प्रधान देश भएकाले यहाँ पनि जैविक खेतीको सम्भावना प्रचुर रहेकाले त्यसतर्फ आकर्षित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । रेग्मीको नाममा स्थापना भएको पुस्तकालय विकास समितिका अध्यक्ष प्रा डा ध्रुवकुमार घिमिरेले शान्ति स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गर्नेलाई विसं २०७४ देखि यो पुरस्कार दिइँदै आएको जानकारी गराउनुभयो ।
पुरस्कार छनोटका लागि इन्दिरा दलीको संयोजकत्वमा प्रा डा मोहन लोहनी र पूर्वसहसचिव दिनेश श्रेष्ठ रहेको तीन सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले सर्वसम्मतरुपमा पुरस्कार छनोट गरेको पुस्तकालय प्रमुख भोलाकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा