
काठमाडौँ । लोकप्रिय गायक राजेश पायल राईको स्वरमा सजिएको ‘खुसीका मुहान’ बोलको म्युजिक भिडियो आज सार्वजनिक भएको छ ।
गीतमा शब्द राज मुकारुङको तथा सङ्गीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । सहास शाक्यले सङ्गीत संयोजन गर्नुभएको हो । जातका कारण वैवाहिक जीवनमा बाधिन नसकेकाहरुको कथामा तयार पारिएको उक्त म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र सागर थापाको अभिनय हेर्न सकिन्छ ।
‘छुटेर गए खुसीको मुहान, जीवन भयो…’, ‘तिमीसँगै जीउने, मर्ने अधुरो भयो रहर’, ‘खुसी सजाउन पाएँ मुटुमा…’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएका छन् । विशाल थापाले छायाङ्कन गरेको उक्त भिडियोलाई गायक ज्वाला राईले सम्पादन गर्नुभएको हो ।
उजन नेवा शाही उत्पादन व्यवस्थापक रहेको भिडियोलाई गायक सुरज तामाङको निर्देशनमा तयार पारिएको हो ।
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
नेपालको समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, को को छन् ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस
पोखरा विमानस्थल अनियमितता प्रकरणमा नेपाली कांग्रेस नेतासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित