
वासिङटन । अमेरिकी सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी ५० वर्ष पुरानो एउटा निर्णयलाई खारेज गरेपछि देशका विभिन्न राज्यका गर्भपतन सेवा प्रदायक संस्थाले सेवा प्रवाह बन्द गरेका छन् ।
गर्भपतनको महिला अधिकार सर्वोच्च अदालतले उल्ट्याएपछि कानुनी कारबाही भोग्नुपर्ने त्रासका बीच अल्बामा, टेक्सास र वेस्ट भर्जिनियालगायत राज्यका गर्भपतन सेवा प्रदायक संस्थाले सेवा प्रवाह बन्द गरेका हुन् ।
गर्भपतनको सेवा प्रदान गर्दै आएको वेस्ट भर्जिनियाको एक मात्र संस्थाका कार्यकारी निर्देशक केटी क्बिनोनेजले अब सेवा प्रवाह नहुने जनाइन् ।
गर्भपतन अधिकारका समर्थकहरूले सर्वोच्चको फैसलालाई अमेरिकी न्यायसम्पादनको कालो दिन भनेका छन् भने भ्रुणहत्या पाप हो भन्नेहरूले फैसलाको स्वागत गरेका छन् ।
सर्वोच्चको फैसलासँगै नौ वटा राज्यमा गर्भपतन रोकिएको छभने दक्षिण डकोटा र ओक्लोहमाका सेवा प्रदायकले पनि गर्भपतनको प्रक्रिया रोक्ने तरखर गरेका छन् ।
गर्भपतनसम्बन्धी महिलालाई प्राप्त संवैधानिक अधिकार खोरिएको विरोधमा देशका विभिन्न शहरमा व्यापक प्रदर्शन भइरहेको छ । फैसलाको पक्षमा पनि केही राज्यमा प्रदर्शन भएका छन् । सर्वोच्चको फैसालपछि अब राज्यहरूले गर्भपतनसम्बन्धी आफ्नै नियम बनाउने छन् । धेरै राज्यमा सर्वोच्चको फैसला अनुरुपका नियम बनाइने सम्भावना रहेको छ ।
यसैबीच, भ्याटिकनको एकेडेमी फर लाइफले गर्भपतनसम्बन्धी अमेरिकी सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको छ । भ्याटिकनले मानव जीवनको रक्षा व्यक्तिगत अधिकारमा सीमित हुन नसक्ने उल्लेख गर्दै महिलाहरूलाई आफ्ना कोखमा बच्चा जोगाउनका निम्ति सामाजिक परिवर्तन आवश्यक भएको बताएको छ । उसले जीवनका विषयमा चिन्तन गर्न पनि उनीहरूलाई आह्वान गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य