
लण्डन । बेलायतको तल्लो सदन हाउस अफ कमन्सका लागि विहीबार भएको उपनिर्वाचनमा पराजय भोगेपछि बेलायतको सत्तारुढ कञ्जरभेटिभ पार्टीका अध्यक्ष ओलिभर डाउडेनले राजिनामा दिएका छन् ।
विहीबार दुई निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको थियो । जसमा दुवै क्षेत्रमा कञ्जरभेटिभले हार बेहोरेको थियो । उपनिर्वाचन अघि दुुवै क्षेत्रमा कञ्जरभेटिभ पार्टीले जितेको थियो ।
दुवै क्षेत्रका पूर्व निर्वाचित सांसदहरु यौनसम्बन्धी विषयमा तानिएका थिए । त्यसपछि उनीहरुले राजिनामा दिएका थिए ।
अहिले दुईमध्ये एक क्षेत्रमा लेबर र अर्को क्षेत्रमा लिबरल डेमोक्र्याटले जितेको छ ।
हारपछि शुक्रबार बिहानै कञ्जरभेटिभ पार्टीका अध्यक्ष डाउडेनले पार्टीका नेता प्रधानमन्त्री बोरिस जोन्सनलाई सम्बोधन गर्दै राजिनामा दिएका छन् । उनले यो उपनिर्वाचनमा पार्टी सबैभन्दा कमजोर तबरले लडेको भन्दै यसको कसै न कसैले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
पार्टीका नेता तथा प्रधानमन्त्री बोरिस जोन्सन भने अहिले रुवाण्डामा छन् । उनीमाथि पनि राजिनामा दिन पार्टीभित्रैबाट दबाब बढिरहेको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार