
लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा नेपाल र बेलायतबीच सरकारी स्तरमा हुने वार्ता जुलाईमै शुरु गर्न नेपाल पक्षले प्रस्ताव गरेको छ ।
आज नेपाली दुताबास लण्डनमा दुवै पक्षका वार्ता टोलीका संयोजकहरुबीचको छलफलमा नेपाली पक्षबाट वार्ता टोलीका संयोजक तथा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले सो प्रस्ताव राख्नुभएको हो ।
दुताबासका प्रवक्ता तथा उपनियोग प्रमुख रोशन खनालले ‘नेपाली पक्षबाट वार्ता जुलाई महिनामै शुरु गर्न प्रस्ताव गरिएको’ जानकारी दिनुभयो । यदि जुलाईमा शुरु गर्न सम्भव नभए सेप्टेम्बरको पहिलो सातासम्ममा वार्ता शुरु गर्न नेपाली पक्षले प्रस्ताव गरेको छ ।
बेलायतमा जुलाईको तेस्रो सातादेखि सेप्टेम्बरको पहिलो सातासम्म ग्रीष्मकालिन छुट्टी हुने गरेकाले जुलाईमा वार्ता शुरु नभए सेप्टेम्बरमा वार्ता गर्न प्रस्ताव गरिएको हो ।
बेलायती वार्ता टोलीका संयोजक भेट्रान मन्त्री लियो डोकोर्टीले सो प्रस्तावका बारेमा आफू व्यक्तिगत रुपमा सकारात्मक रहेको र मन्त्रालयमा छलफल गरी जानकारी दिने बताएको पनि प्रवक्ता खनालले बताउनु भयो ।
आजको छलफलमा दुवै टोलीका वार्ता टोलीका संयोजकका साथै नेपाली दुताबास उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदार लगायतको उपस्थिति थियो भने बेलायती पक्षबाट मन्त्री डोकोर्टीसहित मन्त्रालयका कर्मचारीहरु सहभागी थिए ।
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग