
लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा नेपाल र बेलायतबीच सरकारी स्तरमा हुने वार्ता जुलाईमै शुरु गर्न नेपाल पक्षले प्रस्ताव गरेको छ ।
आज नेपाली दुताबास लण्डनमा दुवै पक्षका वार्ता टोलीका संयोजकहरुबीचको छलफलमा नेपाली पक्षबाट वार्ता टोलीका संयोजक तथा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले सो प्रस्ताव राख्नुभएको हो ।
दुताबासका प्रवक्ता तथा उपनियोग प्रमुख रोशन खनालले ‘नेपाली पक्षबाट वार्ता जुलाई महिनामै शुरु गर्न प्रस्ताव गरिएको’ जानकारी दिनुभयो । यदि जुलाईमा शुरु गर्न सम्भव नभए सेप्टेम्बरको पहिलो सातासम्ममा वार्ता शुरु गर्न नेपाली पक्षले प्रस्ताव गरेको छ ।
बेलायतमा जुलाईको तेस्रो सातादेखि सेप्टेम्बरको पहिलो सातासम्म ग्रीष्मकालिन छुट्टी हुने गरेकाले जुलाईमा वार्ता शुरु नभए सेप्टेम्बरमा वार्ता गर्न प्रस्ताव गरिएको हो ।
बेलायती वार्ता टोलीका संयोजक भेट्रान मन्त्री लियो डोकोर्टीले सो प्रस्तावका बारेमा आफू व्यक्तिगत रुपमा सकारात्मक रहेको र मन्त्रालयमा छलफल गरी जानकारी दिने बताएको पनि प्रवक्ता खनालले बताउनु भयो ।
आजको छलफलमा दुवै टोलीका वार्ता टोलीका संयोजकका साथै नेपाली दुताबास उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदार लगायतको उपस्थिति थियो भने बेलायती पक्षबाट मन्त्री डोकोर्टीसहित मन्त्रालयका कर्मचारीहरु सहभागी थिए ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]