
झापा ।आइतवार संयुक्त अरव इमिरेट्स (युएइ) का राजकुमार शेख मोहम्द विन मक्तोमिउम जुमाल मक्तोउम पूर्वाञ्चल क्यान्सर अस्पतालको पेट सिटी स्क्यान उद्घाटन गर्न झापा आइपुग्नुभएको छ ।
शनिवार बिहान निजी विमानबाट काठमाडौ आइपुग्नुभएका राजकुमार लगत्तै भद्रपुर झापा आउनुभएको हो । पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइको निमन्त्रणामा ४ दिने भ्रमणका लागि आउनुभएका राजकुमारले आइतवार पेटसिटी स्क्यानको उदघाटन गर्नुहुनेछ ।
पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइले झापामा अन्य व्यापारिक विषयमा पनि सम्झौता हुने बताउनुभयो । अस्पतालले दुई वर्षअघि ल्याएको पेट सिटि स्क्यान मेसिन कार्यविधि अभावका कारण सञ्चालनमा आउन सकेको थिएन । पेट सिटिमा प्रयोग हुने साइक्लोटोन कार्यविधि नबनाएका कारण रोकिएको थियो ।
साइक्लोटोन प्रयोगसम्वन्धी कार्यविधि बनेसँगै राजधानी बाहिर पहिलो पटक पेट स्क्यान सेवा पूर्वाञ्चल क्यान्सर अस्पतालले सुरु गर्नेभएको छ । झापामा पेट सिटि सेवा सुरु भएसँगै क्यान्सरको फैलावट पत्ता लगाउन भारत र अन्य देश जानुपर्ने परिस्थिति अन्त्य हुनेछ ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने